काेराेना ल्याउन सक्ने भन्दै ४ वटा टिफरलाई स्थानिय द्धारा अवरोध

Enepal Patra Pvt. Ltd. , ७५३  पटक हेरिएको

लेटाङ, १८ बैशाख । कोरोना भाईसरका कारण बन्दाबन्दी भईरहेका बेला मोरङको लेटाङ नगरपालिका वडा नं. ९ जाँतेमा रहेको तेलिखोलामा खोलाजन्य पदार्थ  ( मिसगिटी) लिन आएका टिफरहरुलाई अवरोध गरि स्थानियवासीले फिर्ता पठाईदिएका छन् ।बाहिर वाट आउने टिफरहरुले काेराेना भाईरस समेत भित्र्याउन सक्ने भन्दै लेटाङ भन्दा बाहिर वाट आएका ४ वटा टिफरहरुलाई स्थानियद्धारा फिर्ता पठाएका हुन् ।

सरकारले स्थानी रुपमा काम गर्न कागजपत्र बनाईदिएता पनि स्थानिय बाटो बनाउन छाडेर बाहिर गिटिवालुवा लगेको र त्यसो गर्दा कोरोनाको सन्त्रास हुने भएपछि रोकेका स्थानियले वताएका छन् । स्थानिय विकासका लागि स्थानियकै प्रयोग वाट विकास गरेमा अवरोध नहुने समेत वताईएको छ ।
कोरोनाको जोखिम हुने भएकाले टिफरहरुलाई फिर्ता पठाईएको स्थानिय धनबहादुर लिम्बुले जानकारी दिनुभयो । महामारी सकिएपछी नियमसंगत आएका टिफरहरुलाई रोक्न नमिल्ने भन्दै उहाँले हाललाई रोगको संक्रमणलाई मध्यनजर गरेर टिफर फिर्ता गरिएको वताउनुभयो ।
अहिलेको महामारीको स्थितीमा कोरोना भित्रन नदिन स्थानियवासीले यो स्थितिमा आवातजावत अत्यावश्यक वाहेक कुनै पनि सवारी साधन चल्न नदिने स्थानिय पूर्ण आलेले वताउनुभयो । स्थानिय सावारी साधनले स्थानिय ठाँउमै चलाउनका लागि गाडी चलाउन दिईने भए पनि वाहिर वाट आउने सवारीसाधन चल्न नदिने आलेले वताउनुभयो ।
बाहिरको गाडीहरुले कोरोना भित्र्याउन सक्ने भएकाले गाडीहरु फिर्ता पठाईएको स्थानिय विमल लिम्बुले उहाँले बताउनुभयो । जाँतेमा हाल सम्म कोरोनाको समस्या नदेखिएको तर बाहिरको गाडीबाट कोरोना आउन सक्ने भन्दै फिर्ता पठाईएको उहाँले वताउनुभयो । अवस्था सामान्य नहुनजेल गाडीहरु नल्याउन समेत उहाँले टिफर सञ्चालकलाई अनुरोध गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०४-३० , समय : ११:३१:०० , ४ वर्ष अगाडि