आगलागीबाट १८ लाख बराबरको क्षति

Enepal Patra Pvt. Ltd. , ४८१  पटक हेरिएको

झापा,१६  बैशाख। झापाको दमक नगरपालिका(७ मा रहेको एभरेष्ट फर्निचर उद्योगमा आगलागी हुँदा अन्दाजी १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज बिहान सवा ५ बजेको समयमा बिद्युतको तार सर्ट भई अचानक आगलागी हुँदा उद्योगमा रहेको सम्पुर्ण फर्निचरका समान तथा मेशिनरी समानहरु जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो । उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको तथा प्रहरी, स्थानीयवासी र दमकल समेतको सहयोगमा बिहान ६ बजे आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०४-२८ , समय : १७:२७:४५ , ४ वर्ष अगाडि