सप्तरीमा संक्रमित बसोबास गरेको बस्तिका ३६२ जनाको स्वाब संकलन

Enepal Patra Pvt. Ltd. , ४६३  पटक हेरिएको

धीरेन्द्रप्रसाद साह
राजविराज,१४  बैशाख  । पछिल्लो दुई दिन यता सप्तरीमा पीसीआर परीक्षणका लागि जमातीसहित ३१५ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यससँगै जिल्लामा ३६२ जनाको स्वाब संकलन भएको छ । सो मध्ये २६८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ भने त्यसअघि अन्य ४७ जनाको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा कोरोना संक्रमितको यात्रा बृतान्त सप्तरीको बोदेबरसाइन नगरपालिका ५ जाँजर स्थित गत फागुन ३–५ गते आयोजित इस्लामिक धार्मिक सभा इज्तिेमासहित विभिन्न स्थानसँग जोडिएकोले स्वाब संकलन गरिएको बताइएको छ ।

स्वास्थ्यका प्राविधिकको टोलीले हिजो आइतबार कञ्चनरुप नगरपालिका स्थित बैरवामा ३१, बरमझियामा ११ जना तथा सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा ११२ जना गरी १५४ जनाको स्वाब संकलन गरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी शनिबार बोदेबर्साइन नगरपालिका ५ स्थित चन्द्रा नमूना माविमा १५ महिलासहित १६१ जनाको स्वाब संकलन गरेकोे बोदेबर्साइन नगरपालिका प्रमुख आतेशकुमार सिंह यादवले जानकारी दिनुभयो । सोही स्थानमा शिलाजित र हिंग बेच्न आएका जुम्लाका तीन घुमन्ते व्यापारी, बोदे बर्साइनका ११३, डाकनेश्वरीका २८, सुरुङ्गाका १२, खडक नगरपालिकाका दुई र बलान बिहुल गाउँपालिकाका तीनजना गरी १६१ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय, सप्तरीले जानकारी दिएको छ ।

भुल्केस्थित मस्जिदमा फेला परेका संक्रमित जमातीहरू सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित मस्जिदमा बसेर गएको तथा संक्रमित पुष्टि भएको मध्ये दुईजना सप्तरीको सुरुङ्गा नगरपालिका ११ अरहाभजक्काको स्थायी वासिन्दा भएकाले सो क्षेत्रका बासीन्दाको स्वाब संकलन गरिएको हो ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल ९मेलान०, नेपाली सेना, नेपाल प्रहरीबाट खटिएको प्राविधिक टोलीले स्वाब संकलन गरेका छन् । संकलन गरिएका स्वाबको नमूना परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी दिइएको छ ।

भुल्के संक्रमितको सप्तरी यात्रा बृतान्त
गत ५ शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केस्थित मस्जिदमा १२ जना कोरोना संक्रमित पुष्टि भएपछि उनीहरुको यात्रा बृतान्त ९ट्राभल्स हिस्ट्री० सप्तरीको विभिन्न स्थानसँग जोडिएको छ । उनीहरु गत फागुन ३, ४ र ५ गते सप्तरीको वोदेबर्साइन नगरपालिका वडा नम्वर ५ जाँजरमा आयोजित इस्लामिक धार्मिक सम्मेलन ९इज्तिमा०मा सहभागी हुन आएका थिए ।
गत फागुन २५ गते उदयपुरको चौदण्डीगढी नगरपालिका ५ स्थित सिवाई मस्जिद पुगेर त्यहाँ पाँच दिन बसेपछि त्रियुगा नगरपालिका प्रवेश गरेका छन । त्यसअघि फागुन २२, २३ र २४ गते सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुर, वडा नम्बर ४ वलारदह र वडा नम्बर २ सिद्धिपुर तथा कञ्चनरुप नगरपालिका वडा नम्वर ३ बरमझिया र वैरबास्थित मस्जिदमा करिब एक साता बसेर उदयपुरतर्फ लागेको उनीहरुको यात्रा बृतान्त (ट्राभल्स हिस्ट्री) रहेको बताइएको छ ।

गाेरखापत्र अनलाईनवाट

प्रकाशित मिति: २०२०-०४-२७ , समय : १२:४०:०४ , ४ वर्ष अगाडि