लेटाङमा दोस्रो पटक राहत वितरण सुरु

Enepal Patra Pvt. Ltd. , ९६८  पटक हेरिएको

लेटाङ, १३ बैशाख । लेटाङ नगरपालिकाले दोस्रो पटकको राहत बाड्न सुरु गरेको छ । पहिला वितरण गरिएका परिवारलाई बाडिएएको राहत सकिएपछि दास्रो पटक राहत वितरण गरिएको हो । राहत वितरणमा पहिला वितरण गरिका परिवार सहित छुटफुट भएका परिवारलाई समेच समेटेर राहत दिईएको हो ।
नगरपालिकामा रहेको जम्मा ९ वटा वडामा कुल ४ हजार १ सय ८३ घर परिवारलाई राहत वितरण गरिरहेको नगरपालिकाले आज पहिलो दिन लेटाङका ४ वटा वडाहरुमा राहत वितरण गरेको छ । लेटाङ १ मा ३७५ परिवार , लेटाङ २ मा ३४४ परिवार , लेटाङ ८ मा ४८७ परिवार र लेटाङ ९ मा ३७३ परिवारलाई राहत वितरण गरिरहेको छ । अन्य वडामा समेत भोलीदेखि राहत बाडिने नगरपालिकाले जानकारी दिएको छ ।
यसैविच राहत वितरण कार्यको अनुगमन गर्नका लागि बनेको नगरस्तरिय अनुगमन टोलीले लक्षित बर्गले राहत प्राप्त गरेको वताएको छ । वितरण प्रक्रिया समेत ब्यवस्थित वनाएको पाईएको भन्दै समितिमा राहत आवश्यकता भएका परिवारले समेत मौखिक माग गरेकाले यसको एकिन गरि राहतको व्यवस्था गर्न नगरपालिकालाई अनुरोध गरेको छ ।
कोरोनाको कहरले लेटाङ बाहिर रहेका मानिसहरुलाई लेटाङ ल्याउने क्रममा गरिने स्वास्थ्य जाँचका लागि हेल्थ डेक्स राखेर नै स्वास्थ्य जाँच तथा परामर्श दिईरहेको प्रति पनि अनुगमन टोलीले धन्यवाद दिएको छ ।
यता नगरपालिकाले राहतका लागि वितरण गर्न लागेको चामल कुहिएको पाईएपछि उक्त चामल विक्रेतालाई फिर्ता गरि राम्रो चामल ल्याईएको नगरप्रमुख राईले जानकारी दिनुभयो । राहत वितरणका लागि चामल प्याकेज गर्ने क्रममा लेटाङ ५ र ६ नं. वडामा कुहिएको चामल भेटिएको थियो ।

प्रकाशित मिति: २०२०-०४-२५ , समय : १८:५७:१७ , ४ वर्ष अगाडि