नागरिक निरोगी बनुन भन्ने अभियान रोकिएन

Enepal Patra Pvt. Ltd. , ६८३  पटक हेरिएको

हरि कोइराला
पथरीशनिश्चरे९मोरङ० १० माघ । समाजलाई सधैं राजनीतिक दृष्टिले मात्र हेर्नु हुँदैन भन्ने अनुपम उदाहरण प्रस्तुत गरेका छन् , कांग्रेस महासमिति सदस्य डाक्टर सुनील शर्माले । शर्मा संसदीयको निर्वाचनमा मोरङ ३ बाट नेपाली कांग्रेसका उम्मेद्वार थिए । चुनाव ताका ‘गाउँ गाउँमा नोवेल घर घरमा उपचारका लागि डाक्टर’ भन्ने नाराले प्रचारको शिखरमा पुगेका डाक्टर पटक पटक बामपन्थीहरूको निसानामा परे । उसबेला विरामी बोकेको गाडीमा आक्रमण भयो । स्वास्थ्य शिविरमा आक्रमण भयो । तर उनको सबै नागरिक निरोगी बनुन भन्ने अभियान रोकिएन ।
विपक्षी मात्र होइन ,कांग्रेसकै कतिपय कार्यकर्ताले डाक्टरको शैलीको उसबेला पनि बिरोध गरेका थिए ।त्यसबेला धेरैले यो धान्न नसक्ने काम भने । तर, चुनाब हारेपछि डाक्टर सुनील गाउँ गाउँमा नोवेल घर घरमा डाक्टरको अभियानलाई झनै आक्रमक बनाए । गाउँ–गाउँमा छिरेर ओछ्यानमा थलिएर मृत्यु करिरहेका विरामी बटुल्दै उपचार गर्न थालेपछि यतिबेला सुनील शर्मा राजनीति गर्न मात्र आएका होइनन भन्ने स्वर सुनिन थालेको छ ।
कतिपयले मोरङ–३ उनको निर्वाचन क्षेत्र भएकोले सोही क्षेत्रका बिरामीको मात्र उपचार गर्छन् भन्ने आरोप पनि लगाए । तर अहिले डाक्टर सुनील बिरामीको उपचार गर्न न भूगोलको सीमा लगाउँछन् , न राजनीतिक दल सोध्छन् । न वर्ण र धर्मको कुरा गर्छन । नत जात र नाता खोज्छन् । उनी अहिले सबैमा प्रिय छन् । सोही क्रममा बुधबार मोरङको पथरीशनिश्चरे ६ का चन्द्रबहादुर राईलाई उनले उपचार गर्न नोवेल अस्पताल भर्ना गरे । नोवेलले बुधबार नै निशुल्क उपचार सुरु गरेको डाक्टर शर्माले बताए ।
पथरीशनिश्चरे ६ उनको निर्वाचन क्षेत्र होइन । न त राई उनको चुनाव चिन्हमा मत हाल्ने मतदाता नै हुन् । ४३ वर्षीय चन्द्रबहादुर २ महिना यता ओछ्यानमा मृत्युसँग पौठेजोरी खेलिरहेका थिए । कष्टपूर्ण जीवन बिताइरहेका चन्द्रबहादुरले गहभरि आँशु पारेर भने –आमा म १२ वर्षको हुँदा मरिन, बाबु पनि मरे , श्रीमती र दुई छोरी त छन् तर उनीहरूले पनि माया मारे ।कहिल्यै आउँदैनन् । श्रीमती र दुई छोरीले छोडेपछि उनलाई तातोपानी सम्म दिने कोही छैनन् ।

उनी फुसको छानो भएको घामपानी समेत नछेल्ने घरमा एक्लै बस्दै आएका थिए । रोगको उपचार गर्ने पैसा नभएपछि उनी पीडा र दुख बिर्सन रक्सी पिउने गर्थे । राईको दाहिने कानको छेउमा खटिरा निस्किएको थियो । त्यही खटिरा अहिले फुटेको छ । खटिरा फुटेको घाउमा कीरा परिसकेको छ ।स्याउँ स्याउँ कीरा परेको घाउ त्यसको दुखाई र आफन्तले छोडेपछि उनी रोएर दैनिकी बिताउँदै आएका थिए । राईको घाउले गाउँमा दुगन्र्ध फैलाउन थालेपछि एक साता यता राईको नजिक पुग्न पनि गाह्रो हुन थालेको स्थानीय ज्ञानबहादुर बस्नेतले बताए । राईको पीडादायी अवस्थाको सूचना छिमेकीहरूले मङ्गलबार सोही वडाका वडाध्यक्ष जयबहादुर तामाङ समक्ष पु¥याएका थिए । वडाध्यक्ष तामाङको पहलमा नोवेल शिक्षण अस्पताल विराटनगरले बुधबार एम्बुलेन्स ल्याएर उपचारका लागि अस्पताल लगेको हो । अस्पतालका सञ्चालक डाक्टर सुनील शर्माले भने –‘साँच्ची कै गरिव र निमुखाका लागि नोवेलले निशुल्क उपचार गर्छ ।’चन्द्रबहादुरको उपचारका लागि सबै खर्च नोवेल अस्पतालले ब्याहोर्ने बताउँदै उनले गाउँ छिमेकीबाट कोही कुरुवा आए बस्ने खानेको प्रबन्ध मिलाई दिने बताए ।
डाक्टर शर्माले पछिल्लो १ वर्षमा एक हजार बढी अति विपन्न बिरामीलाई घरबाटै अस्पताल लगेर उपचार गरेको बताए। वडाध्यक्ष तामाङले भने –उपचार खर्च दिने कोष वडा कार्यलयमा नभएकोले डाक्टर शर्मासँग सहयोग मागेको थिए । डाक्टर सुनील शर्माले गरीव हुन भने घर र विरामीको फोटो पठाउनु नोवेलको मापदण्ड भित्र प¥यो भने एम्बुलेन्स लिएर आउँछु भन्नुभयो ।बिरामी र घरको फोटो पठाएको ३ घण्टामा बिरामीलाई अस्पताल भर्ना गर्न सक्यौं। वडाध्यक्ष तामाङले भने ।

प्रकाशित मिति: २०१९-०१-२९ , समय : १०:५६:५६ , ५ वर्ष अगाडि