बिराटचौक अपडेट: बिराटचौक घिनाघाट सडकमा टिपर सञ्चालनमा रोक

Enepal Patra Pvt. Ltd. , ७१७  पटक हेरिएको

मोरङको सुन्दरहरैचा ११ स्थित घिनाघाट मार्गमा सोमबार बिहान टिफरको ठक्करबाट ११ बर्षिया बालिका लक्ष्मी ढकालको मृत्यु भएपछि सो क्षेत्र दिनभर तनावग्रस्त बनेको छ ।
दुखद घटनाबाट सिर्जित अबस्थालाई मध्यनजर गरी सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यमा बसेको बैठकले सो क्षेत्रमा तत्काल टिफर सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बैठकमा उपप्रमुख धना तामाङ,प्रदेशसभा सदस्य राजकुमार ओझा लगायत सो क्षेत्रका राजनीतिक दलका प्रतिनिधि र बुद्धिजिवीको सहभागिता थियो ।
बैठकले घटनाप्रति दुख ब्यत्त गर्दै सो टिपरका चालकको दोष देखिएका कारण तत्काल पक्राउ गरी उनलाई कारबाही गर्न प्रशासन सँग माग समेत गरेको नगरप्रमुख शिवप्रसाद ढकालले जानकारी दिएका छन ।

प्रकाशित मिति: २०१९-०१-२८ , समय : १९:४९:४३ , ५ वर्ष अगाडि