सदाबहार सामुदायिकको साधरण सभा सम्पन्न

Enepal Patra Pvt. Ltd. , ९८२  पटक हेरिएको

डम्बर सिन्चिउरी,
लेटाङ शुक्रबार, माघ ११, २०७५ । उत्तरी मोरङको लेटाङ ९ जाँते स्थित सदाबहार सामुदायीक वन उपभोक्ता समुहको १६ औ वार्षिक साधरण सभा एक भव्य कार्यक्रमको आयोजना गरी शुक्रबार सम्पन्न गरीएको छ ।

स्थानिय गणेश मन्दिरमा रहेको संस्थाको आफ्नै घाटगद्दि परिसरमा सम्पन्न गरिएको उक्त सभामा अध्यक्ष सुजित कुमार बुडाथोकिले ६० लाख बराबरको आय व्यय सहिको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अध्यक्ष द्वारा झण्डै ७६ लाख बराबरको आगामि वर्षको अनुमानित बजेट समेत प्रस्तुत गरिएको थियो ।

उक्त सभामा १५ जना स्थानिय ८० वर्ष माथिका वृद्ध वृद्धालाई कार्यक्रमका प्रमुख अतिथि द्वारा सम्मान गरिएको उपाध्यक्ष राम खड्काले वताए । उहाँका अनुसार पुरुषलाई टोपी र महिलाई बर्कि द्वारा गरिएको सम्मानमा फलफुल खान भन्दै जनहि नगद रु २ हजार समेत प्रदान गरिएको छ ।

साथै लामो समय सम्म संस्थालाई सफल नेतृत्व दिई सक्नु भएका भु पु अध्यक्ष बिष्णुलाल पौडललाई पनि खादा र टोपी लगाएर सम्मान गरिएको थियो ।

यसरी सम्मान पाउने वृद्धहरुमा राम प्रसाद घिमिरे, मुक्तिनाथ बराल, जगत बहादुर भुजेल, गोविन्द प्रसाद भट्टराई ,रिक बहादुर अधिकारी, अंमृत बहादुर खड्का, हरिलाल भट्टराई र योगेन्द्र लिम्बू रहेका छन् । यसैगरी सम्मान पाउने वृद्धाहरुमा क्रमशः नर्वदा घिमिरे, सनमाया मगर ,लिलामाया राई , मनमाया गजमेर ,तिलमाया राई प्रतिमाया दर्नाल र छपनमाया लिम्बू रहेका छन् ।

साथै सोहि अवसरमा स्थानिय शिक्षा ज्योती आधारभूत विद्यालयका कक्षा एक देखि पाँच सम्मका ४० जना छात्र छात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । यसैगरी सोहि विद्यालयका ३० जना अति विपन्न छात्र छात्रालाई जनहि पाँच सयका दरले पोशाक खरिद वापद वितरण गर्न रु १५ हजार नगद रकम समेत शिक्षिका मन्जु दवाडिलाई हस्तान्त्रण गरिएको संस्थाकि सचिव पुर्णमाया राईले जनाएकीछन् ।

विभिन्न संस्थाका प्रतिनिधि तथा अतिथिहरुको वाक्लो उपस्थिति रहेको सभामा सामुदायिक वन महासंघ लेटाङ अध्यक्ष ,
आनन्द सागर तिम्सिना, महासंघ पर्देश सचिव अग्नि पौडल , वडाध्यक्ष कृष्ण लुईंटेल, नगर प्रमुख शंखर राई लगाएतले संस्थाको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सामुदायिक बनले गरिरहेको कामको प्रसंसा गर्नुभयो । उहाँले सामुदायिक वनलाई विकास निर्माणको प्रमुख हिस्सा बन्न आग्रह समेत गर्नुभयो । उहाँले सामुदायिक वन संग अर्थको विषय जोडिएको हुनाले संवेदनशिल भएर रकम परिचालन गर्न आग्रह गर्नुभयो ।व्यवस्थित र वैज्ञानिक बनले समाजलाई फाईदा पूग्ने भएकाले आधुनिक अवधारणा तर्फ ध्यान दिन समेत उहाँको आग्रह थियो ।

कार्यक्रम पुर्णमाया राईले सन्चालन गरेकी थिईन् ।

चालु आर्थिक वर्षका कार्यक्रम लाई पारित गर्दै आगामी कार्ययोजनालाई पूर्ण रुपमा सफल वनाउन सवैको सहयोगको आवश्यकता रहेको वताउदै उक्त बनको अध्यक्ष सुजित बुढाथोकीले कार्यक्रम सम्पन्न गरे ।

प्रकाशित मिति: २०१९-०१-२६ , समय : ०८:१८:५९ , ५ वर्ष अगाडि