सांसद राईद्वारा प्रत्येक वडालाई ५ लाख रुपैयाँ र किसानको उत्पादन बिक्री गर्ने वातावरण मिलाउन माग

Enepal Patra Pvt. Ltd. , २५३०  पटक हेरिएको

 

मोरङ, २९ चैत । प्रदेश नं. १ मा नेपाली कांग्रेस संसदीय दलका सचेतक एवं मोरङ ३ (क)का सांसद सुयर्माराज राईले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कानेपोखरी गाउँपालिका , पथरीशनिश्चरे र  बेलबारी नगरपालिकाका  १४ वटा वडालाई निर्वाचन पूर्वाधार विकास कोषबाट  न्युनतम ५ लाख रुपैयाँका दरले  राहत रकम उपलब्ध गराउन प्रदेश सरकार सँग माग गर्नु भएको छ ।

शनिवार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै सांसद राईले प्रत्येक वडाको संचित कोषमा जम्मा हुनेगरी अधिकतम जति रुपैयाँ घोषण गरेपनि स्वीकार्ने गरी न्यूनतम ५ लाख रुपैयाँ उपलब्ध गराउन माग गर्नु भएको हो ।

उहाँले यतिबेला सम्पूर्ण विश्व कोरोना (ऋइख्क्ष्म्(ज्ञढ) को गम्भीर चपेटमा रहेको उल्लेख गर्दै सिंगो मानवजाति र सभ्यतामाथि नै कोरोनाको निर्दयी प्रहारले दुख दिइरहेको बताउनु भएको छ । यस्तो बेला सम्पूर्ण मानवजातिले कोरोनाको कहरबाट त्राण पाउन एक भएर लड्नुको विकल्प नरहेको राईको भनाई छ ।

नेपालको सन्दर्भमा यसको प्रभाव र असरको यथार्थ तथ्य बाहिर आइसकेको छैन ।तर कोरोनाको संक्रमण गम्भीर पनि हुनसक्छ भन्ने सत्यलाई भने नजरअन्दाज गर्न मिल्दैन ।यस्तो संवेदनशील परिस्थितिको मूल्यांकन मेरो तर्फबाट मोरङ ३ (क)का  दैनिकी सञ्चालन गर्न नसकिरहेका नागरिकका लागि सहयोग पु¥याउँने उदेश्यले प्रदेश सरकारसंग औपचारिक प्रस्ताव समेत राखिसकेको छु । उहाँले आफ्नो प्रस्ताव प्रति सरकारले यथाशीघ्र ठोस निर्णय लिने आशा गरेको उल्लेख गर्नु भएको छ । त्यसोभएमा कोरोना र त्यसले जन्माएको भोकमरीको विरुद्ध लड्न सार्थक सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु , सांसद राईले सामाजिक सञ्जालमा भन्नुभएको छ । उहाँले विद्यमान परिस्थितिको लडाइँमा प्रदेश १ का सकारात्मक रहने अपेक्षा गर्नु भएको छ ।

सांसद राईले कोरोनाको कहरले गर्दा किसानले उत्पादन गरेका कुखुरा, दूध,तरकारी,अण्डा आदि कृषिजन्य उत्पादनको  बिक्री हुनसकेको छैन, तसर्थ त्यस्ता कृषि उत्पादन बिक्री वितरणका लागि सहज वातावरण बनाई दिन सरकार सँग माग गर्नु भएको छ । उहाँले कोरोनाको संक्रमण रहेको बेला मानो रोपेर मुरी फलाउन खेतमै काम गरिरहेका किसानले लगाएको चैते धानमा हाल्ने रसायनिक मल समेत सहज रुपमा उपलब्ध गराइदिन सरकारसँग माग गर्नु भएको छ ।

कोरोना कुनै एक  जाति, धर्म, सम्प्रदाय, भूगोल, सिमाना(देश), वर्ग,विचार वा पार्टीप्रति लक्षित संक्रमण ( रोग) होइन। त्यस्तै, कोरोनाविरुद्धको लडाइँको जिम्मेवारी पनि कसै एक विचार, दल, भूगोल, जाति, धर्म, भूगोल, सम्प्रदाय, सिमाना(देश) मात्रैको पनि होइन।“एकका लागि सबै, सबैका लागि एक“भन्ने भावना नै यसविरुद्धको लडाइँमा प्रभावकारी हतियार हो । यस्तो बेला हामी सबैले हाम्रा निजी स्वार्थ र उद्देश्यलाई परित्याग गर्न आवश्यक छ ।दलगत स्वार्थ र द्वन्द्वलाई त झन कसैबाट पनि प्रश्रय दिन नहुने कुरामा सचेत हुन समेत आह्वान गर्नु भइको छ । उत्तेजना, विद्देष, घृणालाई संयमता र आपसी सद्भावले पराजित गर्न जरुरी छ।                                                       राईले अहिले हामी लकडाउनमा भएको बताउँदै यसको पालना सबैबाट गर्नु नै ठूलो बुद्धिमानी भएको उल्लेख गर्नु भएको छ । राहत वितरण लगायत अन्य सहयोगलाई एकद्वार प्रणालीअन्तर्गत ल्याइ पारदर्शीढंगले लक्षित वर्गसम्म पुग्न र पु¥याउँन सकौ भन्ने विचार र विश्वासका साथ सम्पूर्ण महानुभावहरुले कोरोनाविरुद्धको लडाइँमा पु¥याउँनु भएको अतुलनीय योगदानप्रति हार्दिक आभार  प्रकट गर्छु , उहाँले भन्नुभएको छ ।

प्रकाशित मिति: २०२०-०४-११ , समय : १३:०३:४४ , ४ वर्ष अगाडि