युवा संघले दियो स्वास्थ्यकर्मीलाई पिपिई

Enepal Patra Pvt. Ltd. , ७०९  पटक हेरिएको

 

डम्बर सिन्चिउरी

जाँते २६चैत्र। राष्ट्रिय युवा संघ लेटाङ्ग ले माहामारीकोरुपमा विस्वभर फैलिरहेको कोभिड १९ कोरोना भाईरस बाट सुरक्षित रहन स्वास्थ्यकर्मीलाई आवस्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्री ९पिपिई० लेटाङ्ग ८ अवस्थित जाँते स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुलाई हिजो प्रदान गरेको छ ।
संघले लेटाङ्ग स्वास्थ्य केन्द्र सँग सम्पर्क गर्दा आफुहरु लाई सरकारका तर्फ बाट पिपिई यस भन्दा अघि नै उपलब्ध भैसके को भन्ने जानकारी आएकाले उक्त दुई सेट पिपिई जाँते स्वास्थ्य केन्द्रलाई हस्तान्त्रण गरिएको युवा युवा संघ मोरङ्ग का सदस्य एवं लेटाङ्ग संयोजक इन्द्र ढकालले जनाएका छन् । संयोजक ढकालका अनुसार जाँतेमा हालसम्म कसैले पिपिई उपलब्ध नगराएको र विना पिपिई जाँतेमा कार्यरत स्वास्थ्य कर्मी जोखिम पुर्ण सेवा दिईरहेकाले पनि युवा संघले हिजो यसरी उपलब्ध गराएको वताएका छन्।
उक्त अवसरमा युवा संघ लेटाङ्ग द्वारा दुई सेट पिपिई र १ सय सेट मेडिकल पञ्जा स्वास्थ्य चौकि मै पुगेर जाँते स्वास्थ्य चौकीका स्वास्थ्य सहाएक नवराज कार्कीलाई हस्तान्त्रण गरेको युवासंघ का जिल्ला सदस्य ठगिन्द्र मंगरातीले वताए ।
भिडभाड को अवस्थालाई मध्येनजर गरी संघका दुईजना प्रतिनिधि मात्रै उक्त अवसरमा उपस्थित भएर गरिएको कार्य प्रती स्थानिय वडाध्यक्ष भिम पोख्रेल ले खुसी व्यक्त गर्दै संघ लाई धन्यवाद समेत ज्ञ्यापन गर्नुभएको छ । अध्यक्ष पोख्रेल ले यस बाट स्वास्थ्य कर्मी पनि सुरक्षित हुन सक्ने साथै विमारीले समेत सुरक्षित सेवा पाउने भएकाले संघ द्वारा आगामि दिनमा समेत स्वास्थ्य केन्द्रलाई अझ ठुला खाले सहयोग को अपेक्षा गरिएको बताएका छन् ।
यसै गरी पिपिई ग्रहण गर्दै स्वास्थ्य सहायक कार्कीले समेत खुसी व्यक्त गर्नुभएको छ । कार्कीले यस भन्दा अघि सरकारी माध्यम बाट प्राप्त भएको पिपिई अति कमसल भएको र अहिले संघ द्वारा प्राप्त पिपिई भने धेरै गुणा बलियो खालको हुनुको साथै पटक पटक धुन मिल्ने खालको भएको साथै लामो समय सम्म प्रयोग गर्न मिल्ने भएकोले पनि संघ धन्यवादको पात्र बन्न सकेको बताएका छन् ।

प्रकाशित मिति: २०२०-०४-०८ , समय : ०७:०९:५३ , ४ वर्ष अगाडि