भ्रममा पार्ने खालका सूचना सम्प्रेषण नगर्न आग्रह

Enepal Patra Pvt. Ltd. , १०५८  पटक हेरिएको

लेटाङ, २५ चैत । लेटाङ नगरपालिकाका नगर प्रमुख शङ्कर राईले मुलुक नै सङ्कटको घडीमा रहेको अवस्थामा नगरबासीलाई भ्रममा पार्ने खालका सूचना सम्प्रेषण नगर्न आग्रह गर्नु भएको छ ।

मङ्गलबार नगर प्रमुख राईले यस्तो आग्रह गर्नु भएको हो । पुरै देश कोरोना भाइरस विरुद्ध जुधिरहेको वर्तमान अवस्थामा सबैलाई राजनीति भन्दा माथि उठेर काम गर्न उहाँले आह्वान समेत गर्नु भएको छ । उहाँले सोमबार राहत वितरणमा आफूले रोक नलगाएको प्रष्ट पार्दै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका भ्रामक र पूर्वाग्रही भएर लेखिएका समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँले विपन्न र दैनिक रोजगारी गरेर खानेवर्ग लाई राहत वितरण गर्न नगरले छुट्टै कोष र समिति बनाइसकेको जानकारी दिँदै नगरले बनाएको संहिता र सरकारले निर्धारित गरेको सामाजिक दुरी कायम गरेर मात्र राहत वितरण गर्न अनुरोध गर्नु भएको छ ।
नगरप्रमुख राईले मंगलवार विहान देखि राहत बाढ्ने सल्लाह भए वमोजिम के गर्ने भनेर वडा अध्यक्ष संग सल्लाह गरेको विषयलाई अतिरन्जित नवनाउन उहाँले आग्रह गर्नु भएको छ । दुखको घडीमा जनप्रतिनिधि ,राजनीतिक दलका नेता कार्यकर्ता, सञ्चारकर्मी ,उद्योगी , ब्यापारी, शिक्षक , सामाजिक अभियन्ता लगायत सामाजिक सञ्जालका प्रयोगकर्ता सबैको सहयोग आवश्यक भएकाले नकारात्मक टिकाटिप्पणी गरेर नगरबासीमा भ्रम फैलाउने काम वन्द गर्न आग्रह गर्नुभयो । कोभिड १९ ले हाल विश्व खतरामा पर्ने अवस्थामा रहेको औल्याउँदै यसबाट बच्नका लागि सवै जना एकजुट हुनुको विकल्प नरहेको वताउनुभयो ।

मेयर राईले यस संकटमा सहयोग गर्ने सवैलाई धन्यवाद समेत दिनुभएको छ । आर्थिक तथा खाद्यान्न सामग्री नै सहयोग गरेर खाद्य विपद आउनबाट बचाउन सहयोग गरेको भन्दै नमुना साव, जनसेवा साव , उद्योग वाणिज्य संघ ,व्यवसायिहरु , खानेपानी संस्था लगायतलाई धन्यवाद दिँदै आभार ब्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०४-०७ , समय : २०:१६:३३ , ४ वर्ष अगाडि