लेटाङ नगरपालिकामा समुदाय– प्रहरी पालिका समिति गठन

Enepal Patra Pvt. Ltd. , ५३१  पटक हेरिएको

प्रशान्त निरौला
लेटाङ ३ माघ । लेटाङ नगरपालिका र जिल्ला प्रहरी कार्यलय मोरङ विचका समझदारीपत्रमा हस्ताक्षर भएको ३ महिना पछि लेटाङ नगरपालिका स्तरिय समुदाय प्रहरी समिति वनेको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको संयोजकत्वमा १६ सदस्यीय समिति वनेको हो ।
अपराध रोकथाम , सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउने , सुरक्ष व्यवस्थापनमा जनसहयोग अभिवृद्धी गर्ने र समग्रमा सामुदायिक सुरक्षालाई अभिबृद्धी गरी नेपाल प्रहरी र लेटाङ नगरपालिका विचको संस्थागत साझेदारी निर्माण गर्न सहकार्य गरिएको ईलाका प्रहरी कार्यलय लेटाङका प्रमुख प्रहरी निरिक्षक योगराज खतिवडाले वताउनुभयो । सामुदायिक सुरक्षा अभिवृद्धि गर्ने उदेश्यले विभिन्न क्षेत्रका गैह्र राजनीतिक संघसंस्थाहरु , महिला , वालवालिका तथा युवाहरुका संघसंस्थाहरु कक्षा १२ सम्मका विद्यालयहरु ,वडा समितिमा समुदाय प्रहरी साझेदारी समिति गठन गरिए पश्चात लेटाङ नगरपालिका स्तरिय समिति गठन गरिएको समितिका सदस्य सचिव समेत रहनुभएका ईलाका प्रहरी कार्यलय लेटाङका प्रमुख खतिवडाले जानकारी दिनुभयो ।
आज गठन गरिएको समितिले सामुदायिक कार्यक्रमको योजना , समन्वय ,सञ्चालन ,अनुगमन तथा मुल्याङकन गर्नका साथै सामाजिक सूरक्षाका क्षेत्रमा कार्यहरु गर्नेछ ।

प्रकाशित मिति: २०१९-०१-२५ , समय : १२:३८:४६ , ५ वर्ष अगाडि