चितवन,११ चैत । जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज सापकोटा र साजन तामाङ् रहेका छन् ।

प्रहरीका अनुसार चौबिसकोठीबाट गीतानगरतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०३००३ प १६३४ नम्बरको मोटरसाइकलले सोमबार राति भरतपुर महानगरपालिका–७ विकास चोकमा स्थानीयवासी ४२ वर्षीय सापकोटालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते सापकोटाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४ निवासी २१ वर्षीय सविन आचार्य घाइते हुनुभएको छ । घाइते आचार्यको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै स्कर्पियोले सोमबार राति भरतपुर महानगरपालिका–१० त्रिचोकमा धादिङ् घर भई भरतपुर महानगरपालिका–१० बस्ने ४० वर्षीय साजन तामाङलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते तामाङ्को उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । तामाङ्लाई ठक्कर दिने स्कर्पियोको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.