नेकपा महानगरमा विवाद

Enepal Patra Pvt. Ltd. , ४८२  पटक हेरिएको

विराटनगर, २६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा विराटनगर महानगर कमिटीका इन्चार्ज शिवकुमार मण्डलले महानगरका वडाहरुको शपथग्रहण कार्यक्रम स्थगित गर्नुभएको छ । इञ्चार्ज मण्डलले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी शपथग्रहण स्थगित गरेको जानकारी दिनुभएको हो ।

मण्डलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा महानगरका वडाहरुको शपथग्रहण तीन चरणमा सम्पन्न गर्ने निर्णय भएको र त्यसै अनुरुप क्षेत्र नम्बर ५ अन्तर्गतका ६ वटा वडाको कार्यक्रम सम्पन्न भएपनि अन्यको स्थगित भएको बताउनुभएको छ । शपथग्रहण स्थगित भएपनि केही व्यक्तिहरुले कार्यक्रमलाई अगाडि बढाइरहेको भन्दै विज्ञप्तिमा त्यस्तो हल्लाको पछाडि नलाग्न आग्रहसमेत गरिएको छ । विज्ञप्तिमा अनर्गल हल्ला फैलाउने एवं गैह्रजिम्मेवार गतिविधिप्रति भत्र्सना गरिएको छ । बाँकी वडाहरुमा आवश्यक छलफल गरेपछि सपथग्रहण हुने विज्ञप्तिमा उल्लेख छ ।

मण्डलले जारी गर्नुभएको विज्ञप्तिमा क्षेत्र नम्बर ५ अन्तर्गतका ६ वटा वडाहरुको शपथग्रहण भएको दावी गरेपनि महानगर कमिटीले भने १३ वटा वडाको शपथग्रहण भइसकेको जनाएको छ । शनिबार क्षेत्र नम्बर ६ अन्तर्गतका ७ वडाको शपथग्रहण भएको महानगर अध्यक्ष सागर थापाले जानकारी दिनुभयो । कार्यक्रममा महानगर कमिटीका इञ्चार्ज मण्डललगायतको उपस्थिति थिएन ।

इञ्चार्ज मण्डल र अध्यक्ष थापासहित महानगर पदाधिकारीबीचको विवाद मण्डलकोे विज्ञप्तिपछि बाहिर आएको छ । अध्यक्ष थापाले इन्चार्ज मण्डलसहितको बैठकले गरेको निर्णय आपूmहरुले कार्यान्वयन गरेकोले विवाद गर्नुपर्ने कुनै विषय नभएको बताउनुभएको छ । सर्वसम्मत निर्णय अनुसार क्षेत्र नम्बर ५ र ६ अन्तर्गतका १३ वडाको शपथ गरिएको उहाँको भनाइ छ ।

शपथग्रहण रोक्ने आशयको विज्ञप्ति जारी गरेर पार्टी इञ्चार्जले गल्ती गर्नुभएको थापाले बताउनुभएको छ । ‘हामी एकता प्रकृया टुंग्याउने चरणमा छौं र सहमतिका आधारमा सबै निर्णयहरु भएका छन्,’ अध्यक्ष थापाले भन्नुभयो ‘दृढतापूर्वक निर्णय कार्यान्वयन गर्न सहयोग गर्नुको साटो कार्यकारीले झैं विज्ञप्ति जारी गरेर उहाँले गल्ती गर्नुभएको छ ।’ वडाहरुको शपथग्रहण रोक्ने कुनै निर्णय नभएको उहाँले बताउनुभयो । एकीकरण प्रक्रियामा पार्टी केन्द्रीय सदस्य तथा मोरङ जिल्लाका सहइन्चार्ज महेश रेग्मीको कारण जबरजस्त विवाद सृजना गरिएको थापाको आरोप छ ।

महानगर कमिटीका सचिव हेम कार्कीले पनि महानगरको शपथ रोक्ने कुनै निर्णय नभएको बताउनुभएको छ । इञ्चार्ज मण्डलले जारी गर्नुभएको विज्ञप्ति हाँस्यास्पद रहेको प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो ‘इन्चार्जले एकल रुपमा कसरी विज्ञप्ति जारी गर्नुभयो रु १८ गतेको बैठकमा भएको निर्णय अनुसार कार्यक्रम भएको छ ।’

(हाम्राेमत वाट)

प्रकाशित मिति: २०२०-०३-०९ , समय : १०:५२:३३ , ४ वर्ष अगाडि