कोरोना भाइरसबाट रक्सीले बचाउँछ ? डब्ल्युएचओको आयो यस्तो प्रतिक्रिया…

Enepal Patra Pvt. Ltd. , ६८८  पटक हेरिएको

एजेन्सी २६ फागुन । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको छ । सामाजिक सञ्जालमा विभिन्न प्रकारका हल्ला चल्न थालेका छन् ।

रक्सी सेवनले कोरोना भाइरसको संक्रमण नहुने भन्दै सामाजिक सञ्जालमा बहस भएपछि विश्व स्वास्थ्य संगठनले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ ।

डब्ल्युएचओका प्रमुख टेड्रोस एडेनाम घेब्रीससले रक्सी सेवनले कोरोना भाइरसको संक्रमण नहुने भन्ने भनाइ पूर्णरुपमा गलत भएको बताएका छन् । यस्तो हल्लाका पछि नलाग्न उनले सबैलाई आग्रह गरेका छन् ।

संगठनले शरीरमा क्लोरीन र रक्सी लगाएर पनि भाइरस नमर्ने प्रष्ट पारेको छ । विभिन्न देशमा रक्सी शरीरमा दल्ने गरिएको पाइएको छ । रक्सी सेवन र रक्सी छर्कनेकारणले स्वास्थ्यलाई प्रतिकूल असर गरिरहेको छ । आँखा र मुखलाईसमेत यस्ता क्रियाकलापले असर गरिरहेको छ ।

डब्ल्युएचओले अल्कोहल भएको ह्याण्ड वास लगाउने र साबुन पानीले हात धुन सल्लाह दिएको छ । चीनमा निर्माण भएका बस्तुबाट सर्ने गलत हल्ला अन्तर्राष्ट्रिय बजारमा चलेपछि डब्ल्युएचओले त्यसको पनि खण्डन गरेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार संसारभर १ लाख ४ हजार ९ सय ५१ जनामा कोरोनाको संक्रमण देखिएको छ । ३५७० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति: २०२०-०३-०८ , समय : १८:१५:१६ , ४ वर्ष अगाडि