प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, नरम र तरल खानेकुराको मात्रा बढाउन थालियो

Enepal Patra Pvt. Ltd. , ३७३  पटक हेरिएको

काठमाडौं ,२३ फागुन । शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।

गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधार हुँदै गएपछि तरलसँगै नरम खानाको मात्रा थपिँदै लगिएको चिकित्सकहरुले जनाएका छन् ।

सबै सूचक सामान्य रहेको, तरल र नरम आहारको मात्रा थपिएको शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काले जानकारी दिए ।

उनलाई मिर्गौला प्रदान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको चिकित्सकहरुले जनाएका छन् ।

प्रकाशित मिति: २०२०-०३-०६ , समय : ११:५५:४९ , ४ वर्ष अगाडि