कोरोनाको आशङ्कामा गरेको व्यक्ति अस्पतालबाट भागेर विराटनगर आएको प्रहरीको आशंका

Enepal Patra Pvt. Ltd. , ८२०  पटक हेरिएको

बिराटनगर, २२ फाल्गुण । बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशङ्कामा भर्ना गरिएका सुनसरी घर भएका एक व्यक्ति अस्पतालबाट भागेको एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

उनलाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको थियो। तर‚ उनले सो कुरा अटेरी गरिरहेका थिए। त्यसको केही समयपछि अस्पतालबाटै भागेको प्रहरीले जानकारी दिएको छ।

गत मंगलबार कोरियाबाट नेपाल फर्केका ती व्यक्ति बुधबार राती ८ बजे अस्पतालबाट फरार भएको प्रहरीले जनाएको छ। बिहीबार बिहान प्लेनमार्फत विराटनगर गएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ।

स्रोत (स्वास्थ्य खबर

प्रकाशित मिति: २०२०-०३-०५ , समय : १५:४३:१८ , ६ वर्ष अगाडि