नेबि संघले गर्यो आगलागी पिडितलाई आर्थीक सहयोग

Enepal Patra Pvt. Ltd. , ६२५  पटक हेरिएको

लेटाङ, २२ फागुन । आगलागी पिडित लेटाङ ६ की बालकुमारी तामाङलाई राहत स्वरुप संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ । नेपाल विध्यार्थी संघ लेटाङ क्याम्पस ईकाइ समितिले संकलन गरेको राहत रकम बुधबार नेपाली कांग्रेस नगर सभापति राजकुमार लामा सहित पूगेको नेवि संघको टोलीले तामाङलाई रकम हस्तान्तरण गरेको हो ।
गत महिना विद्युत सर्ट भई आगलागि हुदाँ तामाङको घर पूर्ण रुपमा जलेर नस्ट भएको थियो । तामाङको परिवार हाल छिमेकीको सरण बसिरहेको छ भने घर वनाउनका लागि रकम नभएर अब के गरेर घर बनाउने भन्ने अलमलमा परेको छ ।
राहत बाढ्ने समुहमा पूगेका कांग्रेस नेता खड्गबहादुर श्रेष्ठले घर बनाउनका लागि एक टिप वालुवा र एक टिप गिटी आफुले सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

घर वनाउनका लागि सहयोग गर्न ईच्छा हुनेले ९८५२०७५३०६ मा सोही वडाका अध्यक्ष जंगविर तामाङलाई सम्पर्क गर्न समेत सकिने छ ।

प्रकाशित मिति: २०२०-०३-०५ , समय : ०७:३४:०८ , ४ वर्ष अगाडि