बार्षिक योजना तथा बजेट तर्जुमा प्रक्रिया सम्वन्धी प्रशिक्षण

Enepal Patra Pvt. Ltd. , १३०३  पटक हेरिएको

लेटाङ २२ फागुन । स्थानिय तहको बार्षिक योजना तथा बजेट तर्जुमा प्रक्रिया सम्वन्धी प्रशिक्षण बुधवार वाट सुरु भएको छ ।
नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुरु भएको तालिमको कानुन ,न्याय तथा संसदिय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेद्धारा उद्घाटन गरिएको छ ।
मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. ६ मा रहेको पूर्वाञ्चल क्षेत्रिय कृषी तालिम केन्द्रमा भईरहेको तालिममा मोरङका ४ स्थानिय तह लेटाङ र उर्लावारी नगरपालिका तथा मिक्लाजुङ र केरावारी गाँउपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु सहभागि छन् । तालिम ३ दिन सम्म चल्नेछ ।

प्रकाशित मिति: २०२०-०३-०५ , समय : ०६:२९:०७ , ४ वर्ष अगाडि