प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै नेबिसंघको दिप प्रज्वलन, दीर्घ जीवनको कामना

Enepal Patra Pvt. Ltd. , ५८७  पटक हेरिएको

युबराज रेग्मी

झापा, २१ फाल्गुण । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पर्ने झापाको गौरादह नगरपालिकामा नेपाल बिद्यार्थी संघले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरेको छ। गौरादह नगरपालिकाको ब्यस्त बजार डिपु चोकमा नेबिसंघले दिप प्रज्वलन गरेको हो ।

नेपाली कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईको नवौं स्मृती दिवसको अवसर पारेर गौरादह कृषि क्याम्पस र गौरादह बहुमुखी क्याम्पसका नेपाल बिद्यार्थी संघ इकाई समितीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुले किसुनजीलाई सम्झनुका अतिरिक्त काठमाडौं महाराजगन्जस्थित मनमोहन कार्डियो थोराक्सिस भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा दोस्रो पटक आफ्नो मृगौला प्रत्यारोपणका निमित्त उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरेका थिए ।

दिप प्रज्वलन कार्यक्रममा नेकपाको भातृ संगठन युबा संघ झापाका जिल्ला नेता दुर्गा गौतमले नेपाली कांग्रेस नेपालको जेठो पार्टी मात्र नभएर नेपालको एक ठूलो संस्कारयुक्त पार्टी पनि रहेको दिप प्रज्वलनको कार्यक्रमले पुष्टी गरेको बताए ।

कार्यक्रममा गौरिगन्ज पालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै आयोजना गरिएको कार्यक्रम अनुकरणीय रहेको बताए ।

नेबिसंघका नेता महेन्द्र भट्टराईले देश हाक्ने प्रधानमन्त्री स्वास्थ रहनुपर्ने भएकोले हाल उपचाररत प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्न कोहि छुट्नु नहुने बताए ।

कार्यक्रममा नेबिसंघ गौरादहका नगर सभापति विद्यार्थी नेता बाबुराम नेपालले नेपालका प्रम अस्वस्थ भइ अस्पतालमा उपचाररत रहदा सम्पूर्ण नेपालीहरु एकजुट भइ स्वास्थ्यलाभको कामना गर्न आवश्यक रहेको बताए  ।

गौरिगन्ज पालिकाका उपाध्यक्ष दिपेन्द्र थापाको सभापतित्वमा आयोजित लङ लिभ पीएम लेखिएका प्ले कार्ड सहित दर्जनौ बिद्यार्थीहरु सहभागी रहेको कार्यक्रम गौरादह कृषि क्याम्पस नेपाल बिद्यार्थी संघ एकाइ सचिब कुसल ढुंगानाले सन्चालन गरेका थिए ।

प्रकाशित मिति: २०२०-०३-०४ , समय : ०६:५६:१६ , ४ वर्ष अगाडि