राष्ट्रिय सभा सदस्यको शपथ आज

Enepal Patra Pvt. Ltd. , ११२७  पटक हेरिएको

काठमाडौँ, २१ फागुन । राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ हुनेछ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यहरूको शपथ गराउनु हुनेछध्र
एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधान अनुसार रिक्त हुने स्थानमा माघ २४ गते निर्वाचन भएको थियो । निर्वाचित सदस्यहरूले फागुन २१ ९बुधबार० देखि औपचारिक रूपमा जिम्मेवारी पाउँदैछन् ।
निर्वाचन भएका १८ स्थानमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले जितेको छ । राष्ट्रिय जनता पार्टीले दुई सिटमा जित हासिल गर्दा अन्य दलले कुनै पनि स्थानमा जित हासिल गर्न सकेका छैनन् । मन्त्रिपरिषद्बाट मनोनीत हुने एक सदस्य सरकारले सिफारिस गरिसकेको छैन ।
बुधबार नवनिर्वाचित सदस्यहरू इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहालको शपथ हुनेछ । यस्तै, सदस्यहरू राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसालको पनि शपथ हुनेछ । यस्तै, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरको शपथ हुनेछ ।

१९ जनाको कार्यकाल सकियो

मङ्गलबारदेखि सभाका १९ सदस्यको कार्यकाल सकिएको छ । पहिलो पटक निर्वाचन भएपछि सदस्यहरूको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएको थियो । जसमा पहिलो दुई वर्षको कार्यकाल रहेका १९ जनाको औपचारिक रूपमा राष्ट्रिय सभाबाट बिदाइ भएको छ ।
दुई वर्षे कार्यकाल पूरा गर्ने सदस्यहरूमा कमलाकुमारी ओली, कालीबहादुर मल्ल, खेमराज नेपाली, धनकुमारी खतिवडा, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा। युवराज खतिवडा, युटोल तामाङ हुनुहुन्छ । यस्तै, सदस्यहरू रमेशप्रसाद यादव, राजकुमार कुँवर, रामपृत पासवान, विन्दादेवी आले ९राना०, वृषेशचन्द्र लाल, सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे र हरिचरण शिवाकोटीको पनि कार्यकाल सकिएको छ ।

के–के भयो दुई वर्षमा

यसैबीच राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुई वर्षसम्म विधायिकी प्रक्रियामा सहभागी हुने सम्पूर्ण सदस्यको योगदानप्रति धन्यवाद दिनुभएको छ । सदस्यहरूको मिहिनेतका कारण सभाले महìवपूर्ण उपलब्धि हासिल गरेको पनि बताउनुभयो । सदस्यहरूको बिदाइका अवसरमा उहाँले शुभकामना दिनुभएको हो ।
दुई वर्षको अवधिमा सभाका १५२ दिनमा १७४ वटा बैठक सम्पन्न भएका छन् । यस अवधिमा सभाले २५३ घण्टा २० मिनेट काम गरेको छ । सो अवधिमा ४१ वटा मूल र २४ वटा संशोधन गरी ६५ वटा विधेयक पारित गरेको छ । दुई वर्षको अवधिमा सभाले छवटा अन्तर्राष्ट्रिय सन्धि÷सम्झौता अनुमोदन गरेको छ । सातवटा अध्यादेशलाई सभाले विधेयक मार्फत प्रतिस्थापन गरेको छ । सभाको पहिलो दुई वर्षे कार्यावधिमा विशेष प्रस्तावसहित सातवटा प्रस्ताव माथि छलफल भएका छन् ।
राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल पूरा गरी बिदाइ हुन लागेका सांसदहरूले उक्त अवधि उपलब्धिमूलक भएको बताएका थिए । राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलका नेता दीनानाथ शर्माले बैठकमा प्रधानमन्त्रीले नेपालमै उपचार गर्दा देशमा सकारात्मक सन्देश जाने बताउनुभयो । उहाँले देशका स्वास्थ्यकर्मीप्रति प्रधानमन्त्रीले विश्वास गरेर यहीँ उपचार गरेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपतिको सच्चा भाव हो, नेपालीका लागि यो उदाहरण होध्र”
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्रीको शल्यक्रिया सफल होस् भन्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले राष्ट्रिय सभालाई हेर्ने दृष्टिकोण परिवर्तन आएको र यसको महìव बढेको धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय जनता पार्टीका नेता वृषेशचन्द्र लालले राष्ट्रिय सभामा सरोकारवाला र विज्ञको सल्लाह सुझावका आधारमा विधेयक अगाडि बढाउने काम भएको बताउनुभयो । राष्ट्रिय सभाले प्रभावकारी छाप छोडेको धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०३-०४ , समय : ०६:१७:०० , ४ वर्ष अगाडि