‘एचवान बी’ भिसाका लागि अमेरिकामा बसोबास गरेकाले मात्र आवेदन गर्न पाउने

Enepal Patra Pvt. Ltd. , ६६०  पटक हेरिएको

काठमाडौ,२१ फागुन । बिभिन्न सञ्चार माध्यममा नेपाली कामदारका लागि अमेरिकामा जान आबेदन माग भएको भनने समाचारहरु आए पनि सो सुविधा अमेरिकामा बसोबास गरी रहेकाहरुका लागि मात्र भएको स्पष्ट पारिएको छ ।
यस अघि सो सुविधा विश्वको जुनसुकै कुनाबाट अनलाइन मार्फत भर्न सकिने भन्ने आसयको समाचार आए पनि त्यस किसिमले कानुनी परिवर्तन नभएको नेपालस्थित अमेरिकी दूताबासले स्पष्ट पारेको छ । दूताबासले ‘एचवान बी’ भिसा बारे अमेरिकी कानुनमा कुनै पनि परिवर्तन नभएको बताएको छ । सो प्रावधान अनुसार अमेरिकामा रहेको व्यक्तिले वकिल मार्फत अवेदन गर्न सक्ने छन् ।

प्रकाशित मिति: २०२०-०३-०४ , समय : ०६:१४:३७ , ४ वर्ष अगाडि