महोत्सवमा पनि समृद्धि कै कुरा,प्रदेशको नामाकरणका विषयमा बोलेनन मुख्य मन्त्री

Enepal Patra Pvt. Ltd. , ९०३  पटक हेरिएको

हरि कोइराला
बेलबारी(मोरङ), १७ फागुन । मोरङको बेलबारीमा आदिवासी जनजाति महासंघ बेलबारी समन्वय समितिको आयोजनामा सुरु भएको आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सवको सुरु भएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शनिबार महोत्सवको उद्घाटन गर्नुभयो ।
आदिवासी जनजातिहरूको महोत्सवमा सहभागिहरूले मुख्यमन्त्रीले प्रदेश नं. १ को नामाकरण र प्रदेश सभाको भवनका विषयमा बोल्नु होला भनेर अपेक्षा गरेका थिए । झण्डै २२ मिनेट भाषण गर्नु भएका मुख्यमन्त्री राईले नामाकरणको विषय नै छुवाउनु भएन । पहिचान,समृद्धि र सुशासनमा केन्द्रीत रहँदै मुख्यमन्त्री राईले नेपालका विभिन्न जातिहरूका अलग अलग पहिचानलाई एउटै मैदानमा राखेर संरक्षण गर्ने अभियानले सबैलाई एकताको सुत्रमा जोड्ने बताउनु भयो ।
आदिवासी जनजातिका खानपान,संस्कृति, भेषभुषा र पहिचान एउटै थलोमा हेर्न र बुझ्न पाउने गरी महोत्सवको आयोजना भएकोमा उहाँले खुसी प्रकट गर्नुभयो । उहाँले भन्नुभयो – हाम्रो जातीय विविधताको संरक्षण नभए मुलुकको पहिचान गुम्छ । १२५ आदिवासी जनजाति र १२३ भाषा बोलिने देश नेपाल विविधायुक्त भएकोले नै संसारमा नेपालको फकर चिनारी रहेको राईको भनाई थियो ।
ठूला राजनीतिक परिवर्तनमा साझा उदेश्य प्राप्तिका लागि सहभागि भएर आन्दोलन गरेको बताउँदै त्यही आन्दोलनको प्राप्ति वर्तमान संविधान भएको उहाँको भनाई थियो । संविधानले धेरै अधिकारहरूलाई समेटेको चर्चा गर्दै मुख्यमन्त्री राईले ब्यावहारिक रुपमा समाजका विभेद र असमानताको खाडल अझै बाँकी रहेकोले ति खाडलहरू पुर्न संविधानमा दलित, महिला, मुस्लिम, आदिवासी जनजाति लगायतका संवैधानिक आयोगको ब्यवस्था गरेको बताउनु भयो ।
हिजो सरकार खोज्न सिंहदरवार जानु प¥थ्यो । आज गाउँघर र आँगनमा सरकार छन् । तिनले जनताका दुख सुखमा साथ दिइरहेका छन् । मुख्यमन्त्री राईले सरकारले सडक , विद्युत विस्तार , खानेपानी , स्वास्थ्य र शिक्षामा सबैको पहुँच पुग्ने गरि काम गरिरहेको बताउनु भयो । उहाँले संघीयताले नै आफ्नो भाषा, धर्म संस्कार र संस्कृतिको जगेर्ना गर्ने अवसर दिलाएको उल्लेख गर्नुभयो ।
आदिवासी जनजाति महासंघ बेलबारी नगर समन्वय समितिका अध्यक्ष तिलक राईको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य राजकुमार ओझा , बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी, उप प्रमुख ढाकाकुमारी पराजुली लगायतले बोल्नु भएको थियो ।
यस अघि बेलबारी नगरपालिका परिसरबाट निस्किएको १८ जनजातिको ¥याली नगर परिक्रममा गरी कार्यक्रम स्थलमा प्रवेश गरेको थियो । ¥यालीमा चौधरी, खवास,माझी,धिमाल, राजवंशी,मुडियारी, सन्थाल लगायतका आदिवासीहरूको सहभागिता थियो । त्यस्तै राई,लिम्बू,याक्खा, मगर, तामाङ,गुरुङ,सुनुवार,भुजेल,धामी लगायतका जनजातिको ¥यालीमा सहभागिता थियो ।
सहभागि सबै आदिवासी जनजातिलाई स्टल राख्न निशुल्क ब्यवस्थाा गरिएको छ । हरेक जातिले आफ्ना मौलिक पहिचान युक्त भेषभुषा, खाना, बाजा गाजा र प्रयोग गर्ने औजार प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा मौलिक सामाग्री राखे वापत सबै जातिलाई ३०÷३० हजार रुपियाँ अनुदान दिइएको आयोजक समितिका अध्यक्ष तिलक राईले बताउनु भयो । महोत्सव २४ गते सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: २०२०-०२-२९ , समय : २१:०३:२६ , ४ वर्ष अगाडि