देशमा काण्डै काण्ड भइरहेका छन् – मन्त्री घिमिरे

Enepal Patra Pvt. Ltd. , ८९७  पटक हेरिएको

 

पथरीशनिश्चरे(मोरङ), १६ फागुन । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जनप्रतिनिधिहरूले माल नपाएर चाल नपाएको अवस्था रहेको बताउनु भएको छ ।
आज पथरीशनिश्चरे नगरपालिकाको छैठौं नगर सभामा प्रमुख अतिथिको आशनबाट बोल्दै मन्त्री घिमिरेले जनप्रतिनिधिहरूले नसच्चिए आफ्नो हैषियत जोगाउन गाह्रो हुने संकेत गर्नुभयो । त्यति हुँदा हुँदै पनि उहाँले वर्तमान सरकारले इतिहासमा कहिलै नभएको गतिमा विकास गरिरहेको दाबी गर्नुभयो । घिमिरेले तीब्र विकास भए पनि जनता सन्तुष्ठ नरहेको उल्लेख गर्नुभयो । राजनिितक दलले विगतमा अधिकारका लागि मात्र आन्दोलन गर्न गर्न सिकाएकोले जनता कर्तब्य प्रति जिम्मेवार नहुँदा असन्तुष्ठी बढेको उहाँको धारणा थियो । मन्त्री घिमिरेले २० वर्ष जन प्रतिनिधि नहुँदा विकासमा पछि परेको मुलुकले २ वर्षमा अग्रगामी परिवर्तन गरेको उल्लेख गर्नुभयो । मन्त्री घिमिरेले भन्नुभयो –‘देशमा काण्डै काण्ड भइरहेका छन् । यो सकारात्मक सन्देश होइन । उहाँले जनप्रतिनिधिको पनि परीक्षाको घडी आएको बताउनु भयो ।
पथरीशनिश्चरे नगरपालिकामा अबको ४ वर्ष भित्र अपाङ्गता भएका कोही पनि नजन्मिने गरी विशेष स्वास्थ्य कार्यक्रम ल्याउने उहाँको भनाई थियो । उहाँले किसोरीहरू गर्भधारण भए देखि नै नगरको समन्वयमा रहने र गर्भवती भएको घरको छुट्टै पहिचान गरिने उल्लेख गर्नुभयो । मन्त्री घिमिरेले चैत मसान्त सम्ममा प्रदेश नं. १ लाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्ने बताउनु भयो । विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालयबाट १ सय मिटर वरिपरि सुर्तीजन्य पदार्थको बिक्री बन्द गर्ने उहाँको भनाई थियो ।
भ्रष्टाचारीलाई कारबाही गर्नु पर्छ भनेर उफ्रिनेहरू नै भ्रष्टाचारीलाई कारबाही गर्ने ठाउँमा हुँदा कारवाही गर्न सक्नु पर्नेमा जोड दिँदै मन्त्री घिमिरेले आफ्नो हैषियत जोगाएर काम गर्न जनप्रतिनिधिसँग आग्रह गर्नुभयो । पथरीशनिश्चरे प्रदेश नं. १ को नमूना शहर बन्ने चर्चा गर्दै म्रन्त्री घिमिरेले प्रदेश नं. १ को बहुजातीय सांस्कृतिक ग्राम पथरीमा निर्माण हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । उहाँले नगर मै वौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूका लागि आवासीय विद्यालय निर्माणका लागि प्रदेश सरकारले १ करोड रुपियाँ विनियोजन गरिसकेको बताउनु भयो ।
पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिपकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारी, कृष्णकुमारी राई, कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले ,साविक पथरी गाविसका अध्यक्ष तिलक वान्तवा,मोहन तुम्वापोे लगायतले बोल्नु भएको थियो ।
दुई दिन सम्म चल्ने नगर सभाले पाँचौं नगर सभाका केही कार्यक्रम संसोधन तथा परिमार्जन गर्नेछ ।

प्रकाशित मिति: २०२०-०२-२८ , समय : १७:३६:०७ , ४ वर्ष अगाडि