सिसिटिभि जडान

Enepal Patra Pvt. Ltd. , ५६३  पटक हेरिएको

लेटाङ, १४ फागुन । लेटाङ नगरपालिका वडा नं. ८ को कार्यालयले वडा भरि सिसिटिभि जडान गरेको छ । चोरी ,डकैती लगायत अपराधिक क्रियाकलपाललाई नियन्त्रण तथा नियमन गर्ने उदेश्यले सिसिटिभि जडान गरिएको हो ।
मंगलवार लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सिसिटिभिको उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै उहाँले सुरक्षा चुनौती वढिरहेको वेला सिसिटिभिले यसको नियन्त्रणमा ठुलो सहयोग गर्ने भएकाले वडा नं. ८ का जनताले अव सुरक्षा महसुस गर्ने वताउनुभयो । अपराधीहरुलाई लेटाङ ८ का विभिन्न ८ ठाँउमा जडान गरिएको सिसिटिभिले निरुत्साहित गरेको उहाँले वताउनुभयो ।
वडाभित्र साना देखि ठुलाठुला अपराधका घट्ना भएपनि अपराधी पत्ता नलागेकाले अपराधीहरुको मनोवल बढीरहेको वेला सिसिटिभि जडान पछि यसको अन्त्य हुने वडा अध्यक्ष भिमप्रसाद पोख्रेलले जनाउनुभयो । उहाँले अहिले वडाका विभिन्न ८ ठाँउमा सिसिटिभि जडान गरिएको र चाँडैनै अन्य ठाँउमा समेत सिसिटिभि जडान गरिने उहाँले वताउनुभयो ।

प्रकाशित मिति: २०२०-०२-२६ , समय : ०६:४५:०९ , ४ वर्ष अगाडि