सुधार गृहमा शंकास्पद मृत्यू

Enepal Patra Pvt. Ltd. , ११३२  पटक हेरिएको

उर्लाबारी, १२ फागुन । मोरङको उर्लाबारी –७ स्थित जीवन बचाउ उपचार केन्द्रमा उर्लाबारी २ का १९ वर्षीय विशाल श्रेष्ठ झुण्डिरहेको अवस्थामा फेला परेका छन् ।खाना खाने समयमा नभेटिएपछि उनलाई खोजि गर्दा शौचालयमा झुण्डिएको अवस्थामा फेला पारिएको केन्द्रका सञ्चालक शेरबहादुर कार्कीले बताउनु भयो । लागु औषध दुब्र्यसनमा फसेकाहरूलाई पुनर्जीवन दिने उदेश्यले २०६२ मा स्थापना भएको केन्द्रमा गत पुस १८ गते बिशाललाई पु¥याइएको थियो । तर, विशाल मानसिक रुपमा केही विरामी भए पनि लागु औषध प्रयोगकर्ता नभएको उनकी श्रीमती सम्झना श्रेष्ठले बताउनु भयो । बिशालले दुई दिन अघि मात्र आमा बेलकुमारीलाई आफू सुध्रिएर आउने बचन दिएका थिए । तर, सुध्रिएर आउन बचन दिएको छोेराको लाश बुझ्नु पर्दा आमा बेलकुमारी भक्कानिनु भएको छ ।
विशालको मृत्युलाई आफन्तले हत्या भनेका छन् । केन्द्रमा चौविसै घण्टा प्रत्यक्ष निगरानीमा उपचार हुने गर्छ । पूर्ण ब्यवस्थित मानिएको सुधार केन्द्रमा बिशालको मृत्यू भएको खवरले केन्द्र पुन एक पटक विबादमा तानिएको छ । श्रेष्ठ परिवारले केन्द्र र केन्द्रका ईन्चार्ज रविन्द्र दाहाल विरुद्ध छानविन गर्न दिएको जाहेरी इलाका प्रहरी कार्यालय उर्लाबारीले दर्ता गरेपछि परिवारले शव बुझेको छ । शवलाई परिवारको अनुरोधमा पोष्टमार्टमका लागि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
आइतबार साँझ ५ बजे तिर शौचालय गएका विशाललाई झण्डै १ घण्टा पछि झुण्डिएको अवस्थामा फेला पोरेको सुधार केन्द्रका अध्यक्ष शेरबहादुर कार्कीले बताउनु भयो । त्यसबेला पनि उनलाई खाना खानका लागि खोजि गरिएको थियो ।तर, विशाल भेटिएनन । बिशाल नभेटिएपछि केन्द्रका सञ्चालकहरूले आफन्त र प्रहरीलाई बिशाल हराएको सूचना दिएनन् । अन्यत्र खोजि पनि गरिएन । शंका यही बाट सुरु भएको झुण्डिएको लाश हेर्ने प्रत्यक्षदर्शीहरू बताउँछन् । शौचालयमा एक्लै आत्महत्या गर्न सक्ने अवस्था देखिदैन् । कसैले अन्यत्रै मारेर झुण्डाएको प्रत्यक्षदर्शीहरूले दाबी गरेका छन् ।
भित्रबाट चुकुल लागेको शौचालयको ढोका किन फोरियो ??
बिशालले ढोकाको चुकुल लगाएर आत्महत्या गरेका थिए भने केन्द्रका सञ्चालकहरूले पहिले प्रहरीलाई खबर गर्नु पर्ने थियो । स्थानीयवासी, जनप्रतिनिधि आफन्त र प्रहरीको रोहबरमा शौचालयको ढोका फोरेर लाश निकालिएको भए घटनालाई तोडमोड गरिरहनु नपर्ने भनाई छ – स्थानीय तेजबहादुर थापाको । थापाले भन्नुभयो – घटनाको प्रकृति हेर्दा आत्महत्या होइन । यद्यपि हत्या नै हो भन्ने प्रमाण म साग छैन् । विशालकी आमा बेलकुमारीले पनि ढोका फोरेर हेर्दा भित्र झुण्डिरहेको अवस्थामा देखेको भए चित्त बुझाउँने बताउनु भयो । तर, हामी आउँदा ढोका फोरिसकेका थिए । उहाँले कर्तब्य गरी छोरो मारेको आरोप लगाउनु भयो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले घटनाको प्राकृतिक मुचुल्का उठाएको र पीडित परिवारको माग अनुसार जाहेरी लिइसकेकोले अनुसन्धान गरी तथ्य पत्ता लगाउने बताउनु भयो ।
विशालका मामा छत्रबहादुर श्रेष्ठले जीवन बचाउन ल्याएको भान्जाको लाश लिएर जानु परेको बताउनु भयो । उहाँले केन्द्रका कर्मचारीहरूको उपचार गर्ने शैली नै निर्मम हुने गरेको आफूले सुनेको बताउनु भयो । मारेर झुण्ड्याएको हुन सक्ने मामा छत्रको भनाई छ ।
केन्द्रमा यस अघि पनि उपचारका लागि आएका एकजनाको शंकास्पद मृत्यु भएको थियो । भने उपचारमा आएका धेरैले चरम यातना दिने गरेको बताउँदै आएका छन् ।

प्रकाशित मिति: २०२०-०२-२४ , समय : २०:२३:३८ , ४ वर्ष अगाडि