सरकार सर्वसत्तावाद तर्फ उन्नुख छ – डाक्टर शेखर

Enepal Patra Pvt. Ltd. , ८०५  पटक हेरिएको


हरि कोइराला,
कानेपोखरी(मोरङ), ८ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले ओली सरकारको उग्र राष्ट्रवाद कांग्रेसले नमान्ने बताउनु भएको छ । उहाँले लोकतन्त्रलाई सरकारले नियन्त्रण लिने प्रयास गरिरहेको बताउनु भयो ।
बिहीबार मोरङको कानेपोखरी –६ दहीधापमा नेपाली कांग्रेस कानेपोखरीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । कोइरालाले सरकार नजानिदो पाराले सर्वसत्तावाद लागु गर्ने तयारीमा रहेको बताउँदै न्यायलाई पार्टीको कब्जामा राख्ने सरकारको नियतले त्यसकोृ सङ्केत गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गरिसकेको छ । न्याय पालिका निरिह भएर चलिरहेको कोइरालाले बताउनु भयो ।
प्रजातन्त्रको नाममा नियन्त्रित प्रजातन्त्र छ । वास्तविक प्रजातन्त्र हरण भइसक्यो । कोइरालाले मानव अधिकार समाप्त भइसकेको बताउँदै सरकार संवैैधानिक निकायलाई नियन्त्रित गर्न लागिरहेको छ, कोइरालाले न्यायपालिका सँग समेत शशंकित हुनु पर्ने अवस्था आएको बताउनु भयो । कांग्रेस न्यायपालिकासँग विश्वास गर्छ । तर, स्वतन्त्रन्यायपालिका कार्यकर्ता भर्ति केन्द्रका रुपमा विकसित हुनु हुँदैन–उहाँको भनाई थियो । कोइरालाले न्यायपालिका सरकारले जे भन्छ , त्यही गर्छ । सरकार नियन्त्रित न्यायपालिकाले पीडितलाई वास्तविक न्याय दिन नसक्ने कोइरालाको भनाई थियो ।
भ्रष्टाचारले देशलाई गाँजिसक्यो । तर, प्रधानमन्त्री भ्रष्टाचार गर्दिन र गर्नेलाई पनि छोड्दिन भन्नुहुन्छ । प्रधानमन्त्रीको भनाई र गराई नमिलेको बताउँदै उहाँले सञ्चारमन्त्रीको भिडियो प्रकरणमा सरकारको आधिकारिक धारणा अझै नआएको प्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महासमिति सदस्य जयराज संयोकले सरकारले सुकुम्बासीलाई जग्गा बेच्न लागेको बताउनु भयो । उहाँले सरकार सुकुम्बासीलाई प्रतिकट्ठा ५० हजार रुपियाँ लिएर धनीपुर्जा दिने तयारीमा रहेको बताउँदै त्यो सर्त सुकुम्बासीका लागि अमान्य हुने बताउनु भयो ।
कार्यक्रममा वन अभियन्ता एवं ग्रामीण सधार सामूदायिक वन उपभोक्ता समूहको क्षेत्र नं. ३ का अध्यक्ष शेरबहादुर लिम्बू,हरियाली सामूदायिक वन उपभोृक्ता समूह पथरीशनिश्चरे ३ का अध्यक्ष कावुलबहादुर मगर लगायत १ जना नेपाली कांग्रेसमा प्रवेश गर्नुभयो ।
पार्टी प्रवेश गर्नेहरूलाई कांग्रेस नेताहरू डाक्टर शेखर कोइराला,बसन्त भट्टराई, जयराज संयोक लगायतले फुलमाला लगाएर स्वागत गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०२-२० , समय : २१:१६:४६ , ४ वर्ष अगाडि