आगलागि हुँदा २५ लाखको क्षति

Enepal Patra Pvt. Ltd. , ९०२  पटक हेरिएको

लेटाङ २९ माघ । विद्युत सर्ट भई आगलागि हुँदा लेटाङ ६ गुवाबारीका जीवन तामाङको २ तले काठको घर जलेर पूर्रण रूपमा नस्ट भएको छ । आज विहान ११ बजे समयमा टिभि कोठामा विजुली सर्ट हुँदा आगलागि भएको हो ।
आगोलाई सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिका वाट आएको २ वटा दमकल, नेपाल प्रहरी , नेपाली सेना तथा स्थानियको सहयोगमा करिव एक घण्टा पछि नियन्त्रणमा लिइएको थियो ।
आगलागिवाट करिव २५ लाख बरावरको क्षति भएको लेटाङ नगरपालिका वडा नं ६ का अध्यक्ष जंगविर तामाङले जानकारी दिनुभयो ।
घर पूर्ण रुपमा जलेपछि हाल पिडित परिवारलाई छिमेकीको घरमा राखिने लेटाङ नगरप्रमुख शंकर राईले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा खाद्यान्न र लत्ताकपडा नगरपालिकाले उपलव्ध गराईने र क्रमिक रुपमा पहिलेकै अवस्थामा पूर्याउन सहयोग गर्ने प्रमुख राईले जानकारी दिनुभयो ।
पिडित परिवारको आर्थिक अवस्था समेत कमजोर भएकाले उहाँहरुलाई सहयोग गर्न स्थानिय आनन्द पौडेलले अपिल समेत गर्नुभएको छ । थोरै थोरै सहयोग वाट पिडितलाई सामान्य अवस्थामा फर्काउन सकिने भएकाले सवै संग यस्तो आह्वान गर्नुभएको हो ।

प्रकाशित मिति: २०२०-०२-१२ , समय : १३:५१:२४ , ४ वर्ष अगाडि