कांग्रेसवाट निर्वाचित मनकारी वडा सदस्य

Enepal Patra Pvt. Ltd. , ८८२  पटक हेरिएको

लेटाङ(मोरङ),२१ माघ । लेटाङ नगरपालिकाको वडा नं.६का वडा सदस्य रामचन्द्र भण्डारीले आफ्नो पारिश्रमिकबाट प्राप्त ५० हजार रुपियाँको अक्षयकोष गठन गरिदिनु भएको छ ।उहाँले आफ्ना स्वर्गीय पिता मातृका भण्डारीको सम्झनामा अक्षयकोष गठन गर्नु भएको हो ।
उहाँले नगरको वडा नं.६ स्थित महाभारत माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि अक्षयकोष गठन गरिदिनु भएको हो । भण्डारी सोही विद्यालयको विद्यालय ब्यवस्थापन समितिको सदस्य पनि हुनुहुन्छ ।

प्रकाशित मिति: २०२०-०२-०४ , समय : १५:४१:२२ , ४ वर्ष अगाडि