आस्था राउत रिहा

Enepal Patra Pvt. Ltd. , ७५४  पटक हेरिएको

काठमाडौं, १४ माघ । गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन् ।

अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी हुन ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा मंगलबार राउत  ४ हजार धरौटीमा रिहा भएकी हुन् ।

यसअघि आस्था सोमबार काठमाडौँ प्रहरीमा उपस्थित भएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमा म्याद थपका लागि लगेकोमा ४ दिनको म्याद दिएको थियो ।

तर, सामान्य विषयमा ४ दिनको म्याद दिएर प्रहरीले प्रतिशोध साँध्न खोजेको भन्दै चोतर्फी विरोध हुँदै आएको थियो । यही बीचमा मंगलबार प्रहरीले उनलाई सरकारी वकिलको कार्यालयमा मार्फत फेरि प्रशासनमा उपस्थित गराएकोमा प्रशासनले ४ हजार घरौटीमा छाड्न आदेश दिएको हो ।

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।

आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेकी थिइन् ।

माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् ।

राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको प्रहरीलाई सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो ।

प्रकाशित मिति: २०२०-०१-२८ , समय : १६:०६:२७ , ४ वर्ष अगाडि