डाँस मोरङ्गीमा कट्वाल बने पुन अध्यक्ष

Enepal Patra Pvt. Ltd. , ४९७  पटक हेरिएको

पथरीशनिश्चरे (मोरङ) माघ ५ । मोरङको पथरीशनिश्चरे १० स्थित जिरिखिम्तिीस्थित डाँसमोरङ्गी सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा पुनः जीवन कटुवाल निर्वाचित वन्नु भएको छ ।
शनिबार सम्पन्न निर्वाचनमा कटुवालले पूर्व अध्यक्ष समेत रहनु भएका रुद्रबहादुर दहाललाई १६ मत अन्तरले पराजित गरी आफुलाई दोस्रो कार्यकालका लागि निर्वाचित गर्नुभएको हो ।
कटुवालले १८८ मत र दाहालले १७२ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै, ४ जना प्रतिष्पर्धीमध्ये उपाध्यक्षमा १ सय २४ मत प्राप्त गरी जगत तिवारीले विजयी वन्नु भएको छ ।
कुल ४८३ मतदाता रहेको मा ३८० मत मात्र खसेको थियो ।
यस अघि पौष २८ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाबाट सचिव पदमा दोश्रो पटक गीता खड्का सर्वसम्मत निर्वाचित वनिसक्नु भएको थियो । त्यसैगरी, सहसचिवमा इन्द्रबहादुर कार्की र कोषाध्यक्षमा उपेन्द्र कटुवाल पनि सर्वसहमत निर्वाचित वन्नु भएको थियो । समितिको पदावधि ३ वर्षको हुनेछ ।

प्रकाशित मिति: २०१९-०१-१९ , समय : २०:१२:३६ , ५ वर्ष अगाडि