देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

प्रशान्त निराैला , ३२  पटक हेरिएको

काठमाडौं, २१ साउन । जेन जी आन्दोलन पछि सार्बजनिक कार्यक्रममा नदेखिएका नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवाले पहिलो पटक सामुहिक मञ्च प्रयोग गर्दैछन् ।

 

साउन २९-३१ गते पुर्व महामन्त्री शशांक कोइराला नेतृत्वको राष्ट्रिय भेलामा सहभागी हुन लागेका देउवाले पहिलो पटक सार्बजनिक रूपमा मन्तब्य पनि दिने भएका छन ।

आगामी साउन २६ गते राति ९ः४५ बजे काठमाडौं फर्किन लागेका देउवाले त्यसको तीन दिन पछि सार्बजनिक अभिब्यक्ति दिने छन् ।

उपचारका लागि बिगत पाँच महिना देखी हङकङ र सिंगापुर गरिरहेका देउवा दम्पत्ति मध्ये देउवा एक्लै स्वदेश फर्किन लागेका हुन । देउवा दम्पत्ति गत फागुन १३ मा स्वास्थ्य उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनी अब फर्किदा पनि सिंगापुर हुदैँ नेपाल आउने छन्।

 

नेपाली कांग्रेसको नेतृत्व गगनकुमार थापाले लिए पछि देउवाले अहिलेसम्म सार्बजनिक टिप्पणी गरेका थिएनन, न त कुनै प्रतिक्रिया नै जनाएका थिए । लगभग मौन बस्दै आएका देउवा साउन २९ को भेलालाई भने सम्बोधन गर्नेछन ।

 

यसैगरी, देउवाले हालेको पार्टीको आधिकारिकता सबन्धी मुद्दामा आज पुनरावलोकन गर्ने भन्दै सर्वोच्च अदालतले निस्सा दिए पछि देउवा पक्ष उत्साहित भइरहेको बेला उनी स्वदेश फर्कन लागेका हुन् ।

प्रकाशित मिति: २०२६-०८-०६ , समय : २०:०२:४० , १ घन्टा अगाडि