संसदीय समितिको बैठकमा परराष्ट्र र अर्थमन्त्री जाने

ईनेपालपत्र संबाददाता , ७  पटक हेरिएको

काठमाडौं, १९ साउन । संघीय संसद अन्तर्गतका चार समितिका बैठक बस्दैँछ ।्र

 

संघीय संसद सचिवालय भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहनेछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल हुनेछ । जुन बैठक बिहान १०ः०० बजे बोलाइएको छ ।

 

बिहान १०ः०० बजेवाट सुरू हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति काे बैठक भने दिनको १ः०० बजेबाट बस्ने बैठकमा समितिका पूर्व सभापति राम नारायण विडारीसँग सरकारी आश्‍वासन सम्बन्धमा छलफल गरिनेछ ।

प्रकाशित मिति: २०२६-०८-०४ , समय : ०९:५९:५८ , १ घन्टा अगाडि