ईनेपालपत्र संबाददाता , ६ पटक हेरिएको
काठमाडौं, ३० असार । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को गत असार २४ गतेको निर्णयअनुसार उनलाई सोमबार नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले साेमवार सूचना तथा सञ्चारमन्त्री डा।विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् ।
माइ संसार डट कम र फ्याक्ट चेक नेपालसँग सबन्धित रहेका उनले नागरिक अनलाइन, अन्नपुर्ण अनलाइन लगायत धेरै मिडियामा काम गरेकाे अनुभव छ ।
प्रकाशित मिति: २०२६-०७-१४ , समय : ०९:४५:४२ , २ घन्टा अगाडि