मिस प्रदेश १ रमिला गाउँ गाउँमा युवा र बालबालिकालाई जनचेतना फैलाउदै

Enepal Patra Pvt. Ltd. , ९०९  पटक हेरिएको

उदयपुर माघ ५ । मिस प्रदेश २०१८ को ताज पहिरिन सफल तथा राष्ट्रलाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय जगतमा ह्यान्डबल खेलको माध्यम बाट पदक समेत भित्र्याउन सफल मिस प्रदेश तथा खेलाडी रमिला बस्नेत अहिले गाउँ गाउँमा पुगेर बालबालिका तथा युवालाई जनचेतना फैल्याउन बेस्त बन्दै आएकी हुन ।

सानैदेखि सामाजिक सेवा तथा खेल क्षेत्रमा सक्रिय बस्नेतले एक दर्जनभन्दा बढी मुलुकमा खेल तथा भ्रमण गरिसकेकी छन् । मिस प्रदेशको ताज पहिरिन सफल भए संगै चौतर्फि चर्चा पाएकी हुन । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ३ स्थायी बासिन्दा बस्नेत ह्यान्डबल खेलक्षेत्रमा समेत चर्चित नाम हो । पुर्वाञ्चल ह्यान्डबल टिम क्याप्टेन समेत रहेकी बस्नेत अहिले पत्रकारिता क्षेत्रमा समेत सक्रिय रहदै विभिन्न सामाजिक क्षेत्रमा कलम चलाउदै आएकी छिन् । बस्नेतले राष्ट्रिय युवा प्रतिभा पुरुस्कार विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पाएको र जिल्लामै उदाहरणीय काम गरेको भन्दै दैनिक विभिन्न क्षेत्रका बालबालिका युवा समेत आफु जस्तै बनाउन भन्दै आउने गरेको बस्नेतको भनाइ छ । स्थानीय सार्वजनिक मठ मन्दिर धारा पर्यटकीय स्थलमा विभिन्न सरसफाइ कार्यक्रममा समेत बस्नेतलाई साथ दिनेको संख्या दैनिक बढ्दै गएको बस्नेतको रहेको छ । अहिले गाउँमा बाल भित्ते पत्रिका सरसफाइ ट्राफिक जनचेतना समेत युवा तथा बालबालिकालाई दिदै आएको बस्नेतको भनाइ रहेको छ । आफुलाई साथ दिनेको संख्या बढेसंगै अहिले आफु एउटा राष्ट्रिय अभियान नै चलाउने सोचमा रहेको बस्नेतले फेसबुक लाईभ मा बताउदै आएकी छिन ।

शनिबार पनि एक कार्यक्रम विच बाल भित्ते पत्रिका प्रकाशन र शिवालय मन्दिर सरसफाइ कार्यक्रम बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कीर्तिमानी बाल क्लबका अध्यक्ष प्रविन राईले बताएका छन् ।

प्रकाशित मिति: २०१९-०१-१९ , समय : १९:४२:१८ , ५ वर्ष अगाडि