ईनेपालपत्र संबाददाता , ९ पटक हेरिएको
वासिंगटन डिसी, १० जेठ । ह्वाइट हाउस बाहिर गोलाबारी गर्ने ब्यक्ति मारिएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस भित्र रहेको बेला गोलाबारी गर्ने ब्यक्ति अन्ततः प्रहरी कारबाहीमा मारिएको अमेरिकी गुप्त सेवाले पुष्टि गरेको छ।
उनीहरूका अनुसारशनिबार साँझ ६ बजेको केही समय पछि १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यूमा रहेको क्षेत्रमा एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर गोली हान्न थालेका थिए ।
गुप्त सेवा प्रहरीले संदिग्धलाई प्रहार गर्दै जवाफी गोली हानेको थियो, त्यसपछि उनलाई क्षेत्रीय अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो।
गोली हानाहानको क्रममा थप एक जनालाई पनि गोली लागेको थियो । अधिकारीहरूलाई भने कुनै चोटपटक लागेको छैन। घटनाको समयमा राष्ट्रपति ह्वाइट हाउसमा थिए तर कुनै पनि सुरक्षाकर्मी वा अपरेशन प्रभावित भने नभएको वीवीसीले जनाएको छ।
यो घटना अनुसन्धान अन्तर्गत रहेकोछ र थप जानकारी आउन बाँकी रहेको छ।
प्रकाशित मिति: २०२६-०५-२४ , समय : ०८:२६:२५ , १ घन्टा अगाडि