ईनेपालपत्र संबाददाता , ८ पटक हेरिएको
पोखरा, ९ बैशाख । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज पोखरामा प्रदेश स्तरीय बृहत् भेला गर्ने भएको छ ।
सो भेलामा प्रदेशका ११ वटै जिल्लाबाट नेता कार्यकर्ताको उपस्थितिसहित वृहत् भेलाको तयारी गरेको हो ।
कांग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठका अनुसार पार्टी बिभाजनको उदेश्यले नभइ कार्यकर्ताको मनोबिज्ञान र राय लिनका लागि सो भेला गरिन लागिएको हो ।
काठमाडौं, अनामनगरमा संस्थापन इत्तर पक्षले बेग्लै कार्यालय स्थापना गरी गतिबिधि सुरू गरेको र नयाँ पार्टीको तयारी गरिरहेको बेला संस्थापन इत्तर पक्षले गण्डकी प्रदेशस्तरीय अलग भेला गर्न लागेको हो ।
प्रकाशित मिति: २०२६-०५-२३ , समय : ०८:०२:३१ , १ घन्टा अगाडि