प्रशान्त निराैला , ६ पटक हेरिएको
लेटाङ,२ जेठ । कोशी प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरिक्षक कार्यरत प्रहरी निरीक्षक सागर साह लाई २०८३ साल वैशाख महिनाको “सर्वोत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषणा गरेको छ ।
प्रहरी निरीक्षक साहले विभागीय मूल्य मान्यता, आदेशनिर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ पदीय जिम्मेवारी निर्वाह गरेका थिए । फैसला कार्यान्वयन अन्तर्गत विभिन्न मितिमा उल्लेख्य संख्यामा फरार प्रतिवादी पक्राउ गरी सम्मानित अदालतमा उपस्थित गराउनुका साथै प्रविधिमैत्री प्रहरी सेवा प्रवाहका लागि ड्रोन क्यामेरामार्फत अपराध रोकथाम तथा अनुसन्धान कार्यलाई प्रभावकारी बनाएको जनाइएको छ ।
त्यसैगरी नागरिक सहायता कक्षमा डिस्प्ले बोर्ड जडान गरी सचेतनामूलक सन्देश प्रवाह गर्ने, सञ्चार शाखा निर्माण गर्ने तथा हिरासत कक्षमा पुस्तकालय स्थापना गरी नवप्रवर्धनात्मक कार्यलाई बढावा दिएको भन्दै उनको कार्यको उच्च मूल्याङ्कन गरिएको हो । प्रहरी र नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनलाई वैशाख महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको प्रहरीले जनाएको छ ।
साहले ईलाका प्रहरी कार्यलय लेटाङकाे कमान्ड सम्हाले पछि लेटाङमा शान्ति अमनचयनमा उल्लेख्य सु्धार महसुस भएकाे स्थानिय अर्जुन लिम्बुले बताए ।
प्रकाशित मिति: २०२६-०५-१६ , समय : ११:०६:४० , १ घन्टा अगाडि