मोरङका सत्र तह र छ निर्वाचन क्षेत्रमा कांग्रेसको नेतृत्व समायोजन

Enepal Patra Pvt. Ltd. , ११७३  पटक हेरिएको

विराटनगर, ३ पुस। निर्वाचन क्षेत्र र स्थानीय तहमा मोरङ कांग्रेसको नेतृत्व समायोजन भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयको परिपत्रअनुसार समायोजन कार्य गत पुस २ गते शुरु भएको थियो । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले भने,‘‘संविधान सभा निर्वाचन ताका रहेका नौ लाई छवटा क्षेत्रमा र सबै १७ स्थानीय तहमा नेतृत्व समायोजन भएको हो । ’’ अब ६ वटा संघीय निर्वाचन क्षेत्र, १२ वटा प्रदेश निर्वाचन क्षेत्र र १७ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व आएको छ ।

संघीय निर्वाचन क्षेत्रको सभापतिमा निर्वाचन क्षेत्र १ मा खड्ग फागो, २ मा नागेश्वर प्रसाद सिंह, ३ मा गणेश खड्का, ४ मा विनोद बस्नेत, ५ मा दिलिप पोखरेल र ६ मा निरंजन रिजाल चयन भएका छन् । यसैगरी सत्र स्थानीय तहमा सभापति र सह–सभापति चयन गरिएको पार्टी सचिव घिमिरेले जानकारी दिएका छन् ।

बमखभचतष्कभmभलत

स्थानीय तहको अन्तर्गत १७ जना सभापति चयन भएका छन् भने कपितय तहमा पाँच जनासम्म सह–सभापति छानिएका छन् । देश संघीय शासनमा गएपनि कांग्रेसको पार्टीगत संरचना भने पुरानै संरचनाअनुसार थियो ।

समायोजन भएअनुसार विराटनगर महागनरपालिकाको सभापतिमा भीम पराजुली, सुन्दरहरैंचा नगरपालिकामा कृष्णबहादुर लिम्बू, बेलवारी नपामा शम्भु भट्टराई, पथरीशनिश्चरे नपामा टेकबहादुर थापा, रंगेली नपामा जगन्नाथ मण्डल, उर्लाबारी नगरपालिकामा वीरबल थापा, लेटाङ नपामा राजकुमार लामा, रतुवामाई नपामा जीवन पनेरु, सुनवर्षी नपामा कमलकिशोर सिंह, कटहरी गाउँपालिकामा राजकुमार कामत, धनपालथान गापामा मनिकचन्द्र मण्डल, जहदा गापामा महेन्द्र मण्डल, कानेपोखरी गापामा योगेन्द्र दाहाल, ग्रामथान गापामा तुलसी विश्वास, केराबारी गापामा प्रकाश बस्नेत, बुढीगंग गापामा विष्णु बहादुर पौडेल र मिक्लाजुङ गाउँपालिकामा शोमन्त दाहाल सभापतिमा चयन भएका छन् ।
कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बूले समायोजनपछि पार्टीको जीवन थप चलायमान हुने बतउँदै भने,‘‘पार्टी संघीय स्वरुपमा गईसकेको छ ।’’

पार्टी समायोजनका कार्यक्रम जिल्लाभर चलिरहंदा विराटनगर महानगरको भेलामा पूर्वसभामुख तथा केन्द्रीय सदस्य तारानाथ रानाभाट, सुनवर्षी र रतुवामाईमा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजाल र ग्रामथानमा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य महेश आचार्य सहभागी थिए ।

प्रकाशित मिति: २०२०-०१-१७ , समय : ०३:५७:५७ , ४ वर्ष अगाडि