अभिनेत्री पूजा शर्मा प्रेमी युद्ध बानियासँग आज विवाह बन्धनमा

निरोज ढकाल , १५४  पटक हेरिएको

अभिनेत्री पूजा शर्मा आज आफ्ना प्रेमी युद्ध बानियासँग विवाह बन्धनमा बाँधिँदैछिन्। विवाह समारोह भक्तपुरको साँगास्थित पाँचतारे होटल फच्र्युनमा आयोजना गरिएको छ, जहाँ दुवै पक्षका सीमित परिवार तथा नजिकका साथीहरू मात्र सहभागी हुनेछन्।

 

पूजा र युद्धको प्रेम सम्बन्ध ६ वर्ष पुरानो हो। फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रचार–प्रसारका क्रममा पूजाले आफ्ना प्रेमबारे सार्वजनिक खुलासा गरेकी थिइन्। उनीहरू हाल झम्सिखेलमा रेस्टुरेन्ट पनि संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन्।

प्रकाशित मिति: २०२५-१२-०६ , समय : १८:३५:०५ , २ महिना अगाडि