पुम्दिकोट शिवालयमा भक्तजनको घुइँचो

प्रशान्त निराैला , ४७  पटक हेरिएको

पुम्दिकोट (पोखरा) २०, मंसिर। पोखराको लोकप्रिय धार्मिक तथा पर्यटकीय गन्तव्य पुम्दिकोट शिवालयमा आज भक्तजन तथा पर्यटकहरूको ठूलो भीड लागेको छ।

बिहानैदेखि दर्शनका लागि आएका सर्वसाधारणले लाइनमा उभिएर विशाल शिवप्रतिमाको अवलोकन तथा पूजा–आराधना गरेका छन्।

नीलो आकाशमुनि टल्किएको महादेवको भव्य प्रतिमा, चन्द्र–जटा, नाग, गङ्गा र त्रिशुलको सुन्दर संयोजनसँगै हिमालको पृष्ठभूमिले पुम्दिकोटलाई अझ आकर्षक बनाएको छ।

फोटो तथा भिडियो कैद गर्न, परिवारसहित घुम्न र धार्मिक आस्था व्यक्त गर्न आएका भक्तजनले वातावरण अत्यन्त शान्त र मनमोहक भएको अनुभव सुनाएका छन्।

पुम्दिकोट अहिले धार्मिक पर्यटनको मुख्य केन्द्रका रूपमा उदाउँदै गएको स्थानीय बासीले जानकारी दिएका छन्।

प्रकाशित मिति: २०२५-१२-०६ , समय : १३:५१:४९ , २ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित