संबैधानिक आयोगको नियुक्ती माथी आजवाट पुनः सुनवाइ सुरू हुने

ईनेपालपत्र , ११  पटक हेरिएको

 

काठमाडौं, २८ बैशाख । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज देखी पुनः सुनवाइ सुरू हुदैँछ ।

 

बिगत चार बर्ष देखी कुनै निर्णयमा नपुगी सर्वोच्च अदालतमा ‘पेन्डिङ’ मै बसेको उक्त मुद्दामा आजवाट पुनः सुरू हुन लागेको हो ।

 

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई संबैधानिक निकायमा नियुक्त गरेका थिए, जसको बिरूद्दमा अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

गत माघदेखि भने संवैधानिक इजलासले ‘हेर्दाहेर्दै’मा राखेर सुनवाइ अघि बढाएको छ । यसअघि निरन्तर सुनुवाइ जारी रहेका बखतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बेलायत भ्रमणमा गएका कारण स्थगन गरिएको थियो । अब उक्त रिटमाथि पुनः सुनुवाइ हुन लागेको हो ।

प्रकाशित मिति: २०२५-०५-११ , समय : १०:४४:१० , १९ घन्टा अगाडि