गौरादह फर्निचर तथा फर्निसिङमा प्रकाश

Enepal Patra Pvt. Ltd. , ७०९  पटक हेरिएको

झापा,माघ ४ । गौरादह फर्निचर तथा फर्निसिङ ब्यावसायि सङ्घको अध्यक्षमा प्रकाश फर्निचर उद्योगका सञ्चालक प्रकाश बाँस्कोटा निर्वाचित हुनु भएको छ ।

आज भएको चुनावी साधरण सभाले बाँस्कोटालाई निर्विरोध निर्वाचित गरेको हो । सभाले सङ्घको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशःसन्तकुमार साह, कृष्ण शर्मा र शरण अधिकारीलाई निर्वाचित गरेको छ ।
३ वर्षे कार्यकालका लागि निर्वाचित सदस्यहरूमा लक्ष्मी प्रसाई, उमेश पराजुली,उमेश थापा,सुरेश शर्मा,रमेश दाहाल,इन्दिरा कार्की र बलबहादुर कार्की रहनु भएको छ । सभाले ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । समितिमा कृष्ण ढुङ्गाना,रामकुमार दाहाल र ज्ञानु कार्की रहनु भएको छ ।

यस अघि शुक्रबार नै गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साहले एक समारोहका बीच साधारण सभाको उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथि समेत रहनु भएका साहले दुई दशक अघि सम्म भारतीय कारिगढको भरमा रहेको नेपाली फर्निचर ब्यावसायमा नेपाली दक्ष कामदार उत्पादन हुनु खुसीको कुरा भएको बताउनु भयो । उहाँले वन पैदावार निकासीमा फर्निचर ब्यावसायीले खेपिरहेको समस्या न्यूनीकरण गर्न सक्दो सहयोग गर्ने बचन दिनुभयो । उहाँको भनाई थियो –स्थानीय सरकारले तोकेको करको मापदण्ड पुरा गर्नुहोस, प्रहरी वा वन कर्मचारीले दुख दिँदैनन । साहले सीपको विकास र दक्ष कारिगढ उत्पादनका लागि नगरपालिका सहयोग गर्न प्रतिवद्ध रहेको बताउँदै ब्यावसायीलाई वित्तीय सहयोगका लागि नगरले सहजीकरण गर्न सक्ने उल्लेख गर्नुभयो ।

सङ्घका अध्यक्ष कृष्ण ढुङ्गानाको सभापतित्वमा भएको साधारण सभामा दुई जना फर्निचर ब्यावसायिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा अभिमन्यु राजवंशी र सुरज खड्का रहनु भएको छ । कार्यक्रम प्रकाश फर्निचरको सभा हलमा भएको थियो ।

प्रकाशित मिति: २०१९-०१-१८ , समय : १९:०१:१५ , ५ वर्ष अगाडि