इटहरी ,२८ पुस ।काठमाडौंबाट श्रीमान खोज्दै इटहरी आएकी एक महिला जवरजस्ती करणीको शिकार भएकी छिन् । एक सातादेखि पूर्वका बिभिन्न स्थानमा श्रीमान खोजीमा भौतारिएकी ३२ बर्षीया महिलालाई आइतबार दिउसो सुनसरी मोरङको सिमामा पर्ने बुढी खोलामा जवरजस्ती लगी दुईजनाको समूहबाट करणीको शिकार बनेकी हुन् ।

उनलाई इटहरी ६ बस्ने सिटि सफारी चालक नरेश थारु र उनका साथी इटहरी ९ बस्ने सन्दिप चौधरीले जवरजस्ती सिटिमा हालेर बुढी खोला नजिक रहेको गोकुलम पार्क पछाडी एकान्त स्थानमा जवरजस्ती गरेको अबस्थामा स्थानियले फेला पारेका थिए । स्थानियको सहयोगमा घटनास्थलबाटै दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पकलीमा एक दिदिको शरणमा रहेकी ति महिला आइतबार दिउसो श्रीमान खोज्न इटहरी आएकी थिईन् । सोही क्रममा सिटिमा चढेर बिराटनगर लाईन हिडेकी महिलालाई सिटि चालक नरेशले फोन गरेर अर्काे सन्दिपलाई पनि बोलाएर जवरजस्ती बुढी खोला लागेको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताउनु भयाे ।‘हामीले सिटि सहित दुवैलाई घटनास्थलबाटै नियन्त्रणमा लिएका छौ’ श्रेष्ठले भने ‘दुबैजनालाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको अबस्था छ ।’

महिला आफ्नो वेपत्ता श्रीमान खोज्न इटहरी आएको अबस्थामा सिटि चालकले ‘मद्धत गर्ने’ वहानामा महिलाको करणी गरिएको उहाँले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.