सुन्दरहरैचामा जंगली हात्तीको आक्रमण, महिलाको मृत्यु

इनेपालपत्र , ४३०  पटक हेरिएको

सुन्दरहरैचा, १६ पुस । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

सोमबार साँझ डिपु चोकको उत्तरतर्फको जङ्गलमा दाउरा लिन गएकी ६० वर्षीया चन्द्रकला लिम्बुको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख कृष्ण खत्रीले जानकारी दिएका छन्।

घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने वन कार्यालय र सुरक्षा निकायले हात्तीलाई नियन्त्रणमा लिन पहल गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: २०२४-१२-३१ , समय : ०८:४८:१५ , १ वर्ष अगाडि