जिल्ला बचत तथा ऋण सहकारी सङ्घको २६ औं साधारण सभा सम्पन्न

Enepal Patra Pvt. Ltd. , २२०१  पटक हेरिएको

हरि कोइराला
बेलबारी(मोरङ), २६ पुस । जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. को २६ औं वार्षिक साधारण सभा मोरङको बेलबारीमा सम्पन्न भएको छ । सङ्घको सभाहलमा भएको सभामा उद्घाटन मन्तब्य राख्दै जिल्ला समन्वय समिति मोरङका सभापति नरेशप्रसाद पोख्रेलले सहकारीले करोडौं पैसा जम्मा गरेर मात्र नहुने बताउनु भयो ।
उहाँले सामाजिक दायित्व अन्तरगत समूदायका विपन्न वर्ग सम्म सहकारीले सेवा दिनुपर्नेमा जोड दिँदै ठूलो घर बनाएर मात्र सहकारी समृद्ध नहुने उल्लेख गर्नुभयो । सभापति पोख्रलले सहकारीले गरिवी निवारणमा टेवा पु¥याउन सक्नु पर्ने बताउँदै उहाँले भन्नुभयो– सरकारी,नीजि क्षेत्र र सहकारीलाई सरकारले तीन खम्बे अर्थतन्त्र मान्दै आएको छ । यस अवस्थामा मुलुकको समृद्ध अर्थतन्त्रमा सहकारीको भूमिका महत्वपूर्ण हुनुपर्छ ।
नेफ्स्कुनका सञ्चालक गोमा नेपालले दिगो विकासका लागि सहकारीलाई समृद्ध र सवल बनाउन नेफ्स्कुनले जिल्ला सङ्घ सँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको बताउनु भयो । उहाँले जिल्ला सङ्घको सदस्य भएका तर नेफ्स्कुनको सदस्यता नलिएका बचत तथा ऋण सहकारी संस्थाहरूलाई आवद्ध हुन आग्रह गर्नुभयो ।
बेलबारी नगरपालिकाका उप प्रमुख ढाकाकुमारी पराजुलीले सदस्य मैत्री सहकारीले मुलुकको आर्थिक रुपान्तरण गर्न सक्ने बताउनु भयो ।सभामा नेफ्स्कुनका पूर्व कोषाध्यक्ष केशव पोख्रेल र जिल्ला बचत तथा ऋण सहकारी संघ लि सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठले पनि बोल्नु भएको थियो ।
                                                    तीन पूर्व सञ्चालकलाई सम्मान
कार्यक्रममा सहकारी क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पूर्व सञ्चालकहरू जयप्रसाद अधिकारी,सूनीलदत्त अधिकारी र धनकुमारी लिंखालाई कार्यक्रमका प्रमुख अतिथि नरेश पोख्रेलले सम्मान गर्नुभयो ।
उत्कृष्ठ तीन सहकारी संस्था पुरस्कृत
यस्तै उत्कृष्ठ सहकारी संस्था पुरस्कार विराटनगरको ईश्वर साकोस,केराबारीको बुढासुब्बा याङ्सिला महिला साकोस र सुँन्दरहरैचाको बलिया साकोसलाई प्रदान गरिएको छ । पुरस्कार नेफ्स्कुनका सञ्चालक गोमा नेपालले प्रदान गर्नुभयो ।
                                                                 पाँच कर्मचारी पुरस्कृत
उत्कृष्ठ कर्मचारी पुरस्कारबाट दाम्राभिट्टा साकोसका व्यवस्थापक सोमनाथ अर्याल,दुलारी साकोसका व्यवस्थापक विष्णुकुमारी कट्वाल, जनचाहाना साकासका व्यवस्थापक टङ्कबहादुर मच्कोटी र अष्टलक्ष्मी साकोसकी कार्यालय सहायक लक्ष्मी राईलाई पुरस्कृत गरियो । उहाँहरूलाई नेफ्स्कुनका पूर्व कोषाध्यक्ष केशव पोख्रेलले पुरस्कृत गर्नुभयो ।
                                        एक्सेस व्राण्ड र प्रवोसन व्राण्ड प्राप्त गर्ने साकोसलाई सम्मान
यसैगरी एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्ने मनकामना साकोस पथरीशनिश्चरे,एक्सेस व्रोन्ज ब्राण्ड प्राप्त गर्ने रतुवामाईको दाम्राभिट्टा साकोस र सोही स्थानको इटहरा साकोसलाई बधाई तथा सम्मान गरिएको छ । यस्तै प्रोवेसन व्राण्ड प्राप्त गर्ने लेटाङ साकोस , सुन्दरपुर साकोस,गछिया साकोस र वीरेन्द्रनगर साकोसलाई पनि बधाई तथा सम्मान प्रदान गरिएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि मोरङका अध्यक्ष सोमनाथ निरौलाको सभापतित्वमा भएको कार्यक्रममा सङ्घका वरिष्ट उपाध्यक्ष प्रेमप्रकास कोइरालाले स्वागत भाषण गर्नु भएको थियो ।
                                               सञ्चालन बचत २२ लाख ७६ हजार
सभामा सङ्घका कोषाध्यक्ष जीवन बस्नेत गत वर्षको यथार्य आय र खर्च तथा आगामी वर्षका लागि अनुमानित आय ब्यय प्रस्तुत गर्नुभयो । १ करोड ३ हजार रुपियाँ शेयर पुँजी रहेको सङ्घमा ९ करोड ३३ लाख ५८ हजार २२५ रुपियाँ बचत निक्षेप रहेको छ । आर्थिक वर्ष ०७५÷०७६ मा सङ्घले ९५ लाख ५ हजाार ८५६ रुपियाँ आम्दानी गरी ७१ लाख ९ हजार २३१ रुपियाँ खर्च गरेको छ । गत आवमा सङ्घले २२ लाख ७६ हजार ७९३ रुपियाँ शुद्ध बचत गरेको छ । सङ्घले गत वर्षको आम्दानीबाट ९ प्रतिशत लाभांश दिने भएको छ । यस्तै संरक्षित पुँजी फिर्ताकोषमा जम्मा भएको ४ लाख २६ हजार ८९८ रुपियाँ बचत तथा ऋणमा पाएको र तिरेको ब्याजको याृगदानका आधारमा वितरण गर्ने भएको छ ।

प्रकाशित मिति: २०२०-०१-११ , समय : १७:४७:२४ , ४ वर्ष अगाडि