प्रशान्त निरौला , १०२ पटक हेरिएको

लेटाङ, १४ मंसिर । मोरङको लेटाङ नगरपालिका वडा नं. १ साग्मामा आज लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा प्रजनन रुग्णता सम्बन्धी सेवा, लामो अवधिको परिवार नियोजन सेवा, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, साथै अपाङ्गता परिचयपत्र वितरणका लागि घुम्ती शिविर सञ्चालन गरिएको थियो।
लेटाङका ९ वटै वडामा क्रमशः सञ्चालन हुने यस अभियानको आजको कार्यक्रमले २ सयभन्दा बढीलाई सेवा प्रदान गरेको छ। कार्यक्रममा बिराट मेडिकल कलेज तथा टिचिङ अस्पतालको सहयोग रहेको थियो।
कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्ण कुमारी निरौला, नगर अस्पतालका डाक्टरहरू तथा नगरपालिकाका कर्मचारीहरूको उपस्थिति थियो। यस अभियानले स्वास्थ्य सेवासँगै लैङ्गिक हिंसा विरुद्ध जनचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
प्रकाशित मिति: २०२४-११-२९ , समय : ०१:०२:४७ , ८ महिना अगाडि