संसेवन बचत तथा ऋण सहकारी संस्थाको १९औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

इनेपालपत्र , २१४  पटक हेरिएको

लेटाङ, ९ मंसिर । लेटाङ ४ मा रहेको संसेवन बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १९औं स्थापना दिवस विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ। कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष दहशेर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न विशिष्ट अतिथि तथा अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका विशिष्ट अतिथिमा लेटाङ नगरपालिका वडा नं. ३ का अध्यक्ष डम्बर राई, वडा नं. ४ का अध्यक्ष राम कुमार श्रेष्ठ, तथा निवर्तमान अध्यक्ष कमलराज राई रहेका थिए। साथै, नेफस्कुन सदस्य सेवा केन्द्र प्रमुख गणेश भण्डारीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

विशेष समारोहमा संस्थाका जेष्ठ सदस्य, एकल महिला, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा रक्तदान गरी सहयोग गर्ने व्यक्तित्वहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको छ।

संस्थाले समुदायमा आर्थिक सशक्तीकरण र सहकारी अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरेको बताइएको छ। कार्यक्रममा संस्थाका अध्यक्षले विगत १९ वर्षको यात्राका उपलब्धि र भविष्यका योजनाहरूलाई सहभागीहरूमाझ प्रस्तुत गरेका थिए।

सहभागीहरूले संस्थाले प्रदान गरेका सेवाहरूप्रति प्रशंसा व्यक्त गर्दै सहकारी अभियानलाई अझ सबल बनाउने सुझाव दिएका थिए। कार्यक्रमको सफलताका लागि सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।

संसेवन बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो स्थापनाकालदेखि नै समुदायको आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको छ। यस अवसरमा संस्थाले आगामी दिनहरूमा थप प्रभावकारी सेवा विस्तार गर्ने प्रतिवद्धता जनाएको छ।

प्रकाशित मिति: २०२४-११-२४ , समय : ०५:५१:३५ , १ वर्ष अगाडि