नमिता काफ्लेले सननेपाल लाइफ इन्स्योरेन्सको भाग्यचिठ्ठा मार्फत ५ ग्राम सुन जितिन्

इनेपालपत्र , १२१७  पटक हेरिएको

पोखरा, ९ कार्तिक । पोखरामा  आयोजित सननेपाल लाईफ इन्स्योरेन्स कम्पनिको मार्केटिङ मेनेजर इन्स्टलेशन कार्यक्रममा सननेपाल लाइफ इन्स्योरेन्सको मार्केटिङ मेनेजर नमिता काफ्लेले ५ ग्राम सुन जित्न सफल हुनुभएको छ।

मार्केटिङ मेनेजरहरूको सहभागीता रहेको उक्त कार्यक्रममा भाग्यचिठ्ठाको माध्यमबाट काफ्लेको नाम चयन भएपछि उहाँलाई यो पुरस्कार प्रदान गरिएको हो।

सननेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ राजकुमार अर्यालले काफ्लेलाई ५ ग्राम सुन हस्तान्तरण गर्नुभयो। कार्यक्रममा कम्पनीले उत्कृष्ट योगदान दिएका अभिकर्ताहरुलाइ सम्मान गर्दै हौसला प्रदान गरेको थियो।

 

प्रकाशित मिति: २०२४-१०-२५ , समय : २२:२५:११ , २ वर्ष अगाडि