Enepal Patra Pvt. Ltd. , ८१६ पटक हेरिएको
काठमान्पुडाै पूस २४। मलेसियाको राजधानी क्वालालम्पुरमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आज बिहान भयावह सवारी दुर्घटना भएको छ।दुर्घटनामा काठमाडौंका राजु श्रेष्ठ साथै सुर्खेत घर भएका रमेश पोख्रेल रहेका छन्।
बिहान करिब ५: ३० बजे कम्पनिमा खाना पुर्याएर फर्किने क्रममा बिपरित दिशाबाट आएको लोरिले ठक्कर दिदा गाडिमा सवार दुबै जनाको मृत्यु भएको घट्नास्थल पुगेका फुर्बा दोर्जे मोक्तानले जानकारी दिएका हुन।
मलेसियाको निलाई स्थित गौरी शंकर रेस्टुरेन्टका सञ्चालक समेत रहेका श्रेष्ठ आफ्नै सवारी दुर्घटनामा पर्दा मृत्यु भएको हो। हाल मृतकहरूको शव पुत्राजया स्थित हस्पिटलमा पोष्टमार्टमको लागि राखिएको जानकारी प्राप्त भएको छ।
प्रकाशित मिति: २०२०-०१-०९ , समय : ११:२७:२९ , ७ वर्ष अगाडि