ईनेपालपत्र संबाददाता , ११७ पटक हेरिएको

कानेपोखरी, १४ साउन । कानेपोखरी गाउँपालिकाको कार्यालय, वयरवन, मोरङमा आईतबार एक विशेष कार्यक्रमको आयोजना गरियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहन विक्रम दाहाललाई पालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, र प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले स्वागत गरे।
पालिका अध्यक्ष राजमती इङ्नामले स्वागत मन्तव्यमा डिएसपी दाहालको आगमनलाई गाउँपालिकाको लागि महत्वपूर्ण अवसरको रुपमा लिएको बताइन्। उनले भनिन्, “डिएसपी दाहालज्यूको नेतृत्वमा हाम्रो गाउँपालिकामा शान्ति सुरक्षा कायम राख्न अझ राम्रो काम हुनेछ। गाउँपालिकाको विकास र जनताको सुरक्षामा हाम्रो सहयोग निरन्तर रहनेछ।”उपाध्यक्ष भोला प्रसाद अधिकारीले पनि डिएसपी दाहाललाई स्वागत गर्दै गाउँपालिकामा सुरक्षा व्यवस्थालाई सुदृढ पार्नको लागि समन्वयात्मक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हामीले सुरक्षा सम्बन्धि सबै आवश्यक कदम उठाउनेछौं र स्थानीय प्रशासन र समुदायको सहकार्यलाई सुदृढ बनाउनेछौं।
“प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले गाउँपालिकाको शान्ति सुरक्षा व्यवस्थापनमा डिएसपी दाहालको अनुभव र ज्ञानको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरिन्। उनले भनिन्, “हामी डिएसपी दाहालज्यूसँग मिलेर काम गर्न उत्सुक छौं र उहाँको नेतृत्वमा गाउँपालिकाको सुरक्षा स्थिति अझ मजबुत बन्नेछ।
“डिएसपी मोहन विक्रम दाहालले यस अवसरमा आफूले जिम्मेवारी सम्हाल्न पाउँदा गर्व महसुस भएको बताए। उनले गाउँपालिकाको शान्ति सुरक्षा व्यवस्थापनमा आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने वचन दिए। कार्यक्रममा गाउँपालिकाका अन्य पदाधिकारीहरु र स्थानीय समाजसेवीहरुको पनि उपस्थिति थियो।
प्रकाशित मिति: २०२४-०७-२९ , समय : ०७:५५:१६ , १२ महिना अगाडि